विमान दुर्घटनापछि पूर्व नेतृत्वमाथि ट्रम्पको आरोप

न्युयोर्क । सैन्य हेलिकोप्टरसँग ठोक्किएको अमेरिकी कमर्सियल प्लेनको ब्ल्याक बक्स फेला परेको छ । सोही ब्ल्याक्स बक्समार्फत धेरै सूचना पाउने तथा अझ विस्तृत विवरण ३० दिन भित्रमा पत्ता लाग्ने जनाइएको छ । दुर्घटनामा ज्यान गुमाउने ६७८ जनाको शव खोज्ने काम जारी छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिंगटनको आकाशमा भएको अमेरिकी सैन्य हेलिकोप्टर र कमर्सियल विमान दुर्घटनापछि डेमोक्र्याटमाथि आक्रोश पोखेका छन् ।

दुर्घटनापछि उनले पूर्वडेमोक्र्याट राष्ट्रपति बाराक ओबामा र जो बाइडेनमाथि आक्रोश पोखेका हुन् । राष्ट्रपति ट्रम्पले ओबामा र बाइडेन कार्यकालमा नागरिक उड्ययन प्रशासनमा कम दक्ष कन्ट्रोलर नियुक्त गरेका कारण दुर्घटना भएको आरोप लगाएका हुन् । ह्वाइट हाउसका पत्रकारको अगाडि बोल्ने क्रममा ट्रम्पलगायत सबै रिपब्लिकहरू डेमोक्र्याटप्रति आक्रामक भएका हुन् । डेमोक्र्याट कार्यकालमा अमेरिकालाई विभाजित गरेर शासन गर्न खोजिएको समेत उनले आरोप लगाएका छन् ।

रिपब्लिक वक्ताले लगातार डाइभर्सिटी, इक्विलिटी र इन्क्लुसन कार्यक्रममाथि प्रहार गरे । ट्रम्पले बाइडेन प्रशासन र यातायातमन्त्री पिट बुटिजेगमाथि आक्रामक हुँदै प्रशासनलाई तल्लो तहमा लगेको आरोप लगाए । ट्रम्पले श्रवण शक्तिमा कमजोरी भएका तथा दृष्यमा समस्या भएकाहरूलाई नियुक्ती दिएका कारण यो समस्या आएको बताए ।

बुटिजेगले भने ट्रम्पको अभिव्यक्तिलाई घृणा योग्य भनेका छन् । सिनेटका डेमोक्र्याट नेता चुक स्कुरमले पनि ट्रम्पको अभिव्यक्तिको आलोचना गरेका छन् । अमेरिकाको वासिंगटन डिसी नजिकै अमेरिकी एयरलाइन्सको विमान अमेरिकी सेनाको ‘ब्ल्याक हक’ हेलिकोप्टरसँग ठोक्किएर भएको दुर्घटनामा धेरैको शव भेटिन बाँकी छ । ६० जना यात्रु र ४ जना चालक दलका सदस्यसहित ६४ जना सवार विमानसँग सेनाको हेलिकोप्टर ठोक्किएको हो ।
दुर्घटनामा परेको मेरिकी सेनाको ब्ल्याक हक हेलिकोप्टरमा अमेरिकी सेनाका ३ सैनिक सवार थिए ।

संघीय अधिकारीहरूको सूचनाअनुसार रेगन अन्तर्राष्ट्रिय विमानस्थलको थावन मार्ग १ साताका लागि बन्द गरिएको छ । सो विमान अन्य धेरै देशका व्यक्तिहरू बसोबास गरेको थाहा भएको छ । त्यहाँ १ फिलिपिनो प्रहरी तथा २ चिनियाँ पनि रहेको जनाइएको छ ।

मौसमीय प्रतिकूलतका कारण खोजी कार्यसमेत रोकिएको छ । पूर्व रुसी फिगर स्केटिङ स्टार याभगेनिया सिसकोभा र भादिम नाउमोभ पनि त्यसै विमानमा थिए । यो जोडी बोस्टनमा प्रशिक्षकको रूपमा कार्यरत थिए ।

सन् १९९४ को विश्व च्याम्पियनसिपको उपाधि विजेता टोली ओलम्पिकमा अमेरिकामा प्रशिक्षकको रूपमा क्यारियर सुरु हुनुभन्दा अघि शीतकालीन ओलम्पिकमा सहभागिता जनाएका थिए ।

प्रतिक्रिया