प्रधानमन्त्री ओलीले बोलाए बालुवाटारमा सत्तारुढ दलको बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा सत्तारुढ दलको बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आज साँझ ५ बजेका लागि सरकारलाई समर्थन गर्ने सत्तारुढ दलको बैठक बोलाएका हुन् ।

सत्तापरुढ दलमा नेकपा एमाले, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टी रहेका छन् ।

अध्यादेशमा एकै स्वर बनाउन प्रधानमन्त्री ओलीले सोमबार साँझ ५ बजे बालुवाटारमा बस्ने गरी सत्तारुढ दलको बैठक बोलाएका हुन् । संसद्को हिउँदे अधिवेशन यही माघ १८ गतेदेखि सुरु हुँदैछ ।

प्रधानमन्त्री ओलीका सचिवालयले प्रधानमन्त्री ओलीले १८ गतेको बैठकमा आफ्ना धारणा राख्ने कार्यक्रम रहेकाले विभिन्न विषयमा छलफल हुने जनाएको छ ।

सरकारले ल्याएको अध्यादेशको पक्षमा उभिन कांग्रेस र एमालेले आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन् । तर, अन्य दल भने अध्यादेश ल्याएकोमा असन्तुष्ट रहेका छन् ।

प्रतिक्रिया