आश्विनले लिए अन्तर्राष्ट्रिय खेलबाट संन्यास

नयाँ दिल्ली । भारतका रविचन्द्रन आश्विनले सबै प्रकारका अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन् । भारतीय दिग्गज स्पिनर आश्विनले ब्रिस्बेनमा अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट बराबरीमा सकिएको केही क्षणपछि नै बुधबार यो घोषणा गरेका हुन् ।

अश्विनले खेलपछिको पत्रकार सम्मेलनमा घोषणा गरेका थिए । खेलपछिको पत्रकार सम्मेलनमा उनले सो खेल भारतका लागि अन्तिम खेल भएको बताएका थिए ।

अब उनी बिहीबार भारत फर्कने बताइएको छ । उनले २८७ खेलमा कुल ७६५ अन्तर्राष्ट्रिय विकेट लिएर आफ्नो करियर समाप्त गरे । विशेष गरी उनले टेस्टमा उत्कृष्ट खेल देखाएका थिए । टेस्टमा भारतका लागि सर्वाधिक विकेट लिने खेलाडीको दोस्रो स्थानमा रहेका उनले ५३७ विकेट लिएका थिए । टेस्टमा उनले ६ शतक र १४ अर्धशतकसमेत प्रहार गरेका थिए ।

प्रतिक्रिया