महिला यु–१९ एसिया कप क्रिकेट : नेपालले भारतलाई दियो ९५ रनको लक्ष्य

काठमाडौं । मलेसियामा जारी (१९ वर्ष मुनि) एसिसी यु–१९ महिला एसिया कपमा नेपालले भारतलाई जितका लागि ९५ रनको लक्ष्य दिएको छ । मंगलबार मलेसियामा भारतविरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रनको योगफल तयार गरेको हो ।

नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २५ रन जोडिन् । उनले ४० बलमा ३ चौका प्रहार गरेकी थिइन् । अलिसा कुमारी यादवले ९ बलमा ४ चौकाको सहयोगमा ९ रनमा नट आउट रहिन् ।

ओपनर साना प्रविन ९, उपकप्तान सोनी पाख्रिन ८ तथा ज्योत्सिका मरासिनी ६ रनमा आउट भइन् । भारतका लागि पुरोनीका सिसोदीले ४ ओभरमा १२ रन खर्चिएर ४ विकेट लिइन् । आनन्दिता किशोरीले १ विकेट लिइन् ।

नेपालले पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेर सुपर ४ मा स्थान पक्का गरिसकेको छ । सोमबार भएको खेलमा पाकिस्तानलाई नेपाल ६ विकेटले हराएको हो ।

भारतले पनि पाकिस्तानलाई हराएसँगै सुपर ४ मा स्थान पक्का गरिसकेको छ । भारतले पहिलो खेलमा पाकिस्तानलाई ९ विकेटले पराजित गरेको थियो ।

प्रतियोगिताको समूह ‘ए’ मा श्रीलंका, बंगलादेश र मलेसिया रहेका छन् । एसियाबाट यु १९ महिला विश्व कपमा छनोट भएकाले नेपालले एसिया कपमा मौका पाएको हो ।

प्रतियोगिताको समूह ‘ए’ मा श्रीलंका, बंगलादेश र मलेसिया रहेका छन् । एसियाबाट यु–१९ महिला विश्व कपमा छनोट भएकाले नेपालले एसिया कपमा मौका पाएको हो ।

नेपालको टोलीमा पूजा महतोको कप्तानीमा १५ सदस्यीय खेलाडी छन् । यसमा उपकप्तानमा सोनी पाख्रिनसहित साना प्रवीण, ज्यात्स्निका मरासिनी, कुसुम गोदार, एलिशाकुमारी यादव, सावित्री धामी र कृष्मा गुरुङ छन् ।

यस्तै, तिर्सना विश्वकर्मा, किरणकुमारी कुँवर, रिया शर्मा, रचना चौधरी, सिमाना केसी, स्नेहा महरा र अनु कडायतसमेत टोलीमा अटाएका छन् । प्रतियोगिता यही पुस ७ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया