महिला यु–१९ एसिया कप क्रिकेट : पाकिस्तानले नेपाललाई दियो १०५ रनको लक्ष्य

काठमाडौं । मलेसियामा जारी महिला यु–१९ एसिया कप क्रिकेटमा पाकिस्तानले नेपाललाई जितका लागि १०५ रनको लक्ष्य दिएको छ ।

मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा आज टस जितेर पहिले ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०४ रन बनाएको हो ।

पाकिस्तानका लागि कोमल खानले सर्वाधिक ३८ बनाइन् । उनले ४४ बलमा दुई चौका प्रहार गर्दै ३८ रन बनाएकी हुन् । यस्तै, महम अनिसले ‘नटआउट’ २९, रवैल फरहानले १३, कप्तान जोफिशन अय्याजले १२ र फातिमा खानले नटआउट छ रन बनाइन् भने अरिशा अन्सारीले एक रन जोडिन् ।

बलिङतर्फ नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक दुई विकेट लिइन् । यस्तै, रचनाकुमारी चौधरी, रिया शर्मा र सिमाना केसीले एक–एक विकेट लिए । अहिले नेपालले जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रतिक्रिया