चितवन राइनोजले जनकपुर बोल्ट्सविरुद्ध टस जितेर ब्याटिङ गर्दै

काठमाडौं । राजधानीमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटअन्तर्गत शनिबारको दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्दै छ ।

शनिबार बिहान कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले टस जितेर जनकपुरविरुद्ध पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

शनिबार नै भएको पहिलो खेलमा काठमाडौं गुर्खाजले पोखरा एभेन्जर्सलाई ६ विकेटले हराउँदै प्लेअफ प्रवेशको सम्भावना बलियो बनाएको छ ।

जनकपुर यसअघि नै प्लेअफमा प्रवेश गरिसकेको छ । यो जनकपुरको सातौँ तथा अन्तिम खेल हो । टोलीले यसअघिका ६ खेलमध्ये ५ खेल जित्दै १० अंक बटुलेको छ । आजको खेल जितेर टोली अंक तालिकामा शीर्ष स्थान पक्का गर्न चाहन्छ ।

यता, चितवनले ६ खेलबाट ३ खेलमा जित र तीन खेलमा हार बेहोर्दै ६ अंक बटुलेको छ । आजको खेल जित्दै टोली प्लेअफको सम्भावना कायम राख्न चाहन्छ । तर, टोलीले लय गुमाएको छ । पछिल्ला दुई खेलमा टोली पराजित भएको छ ।

प्रतिक्रिया