काठमाडौं । राजधानीमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटअन्तर्गत शनिबार हुने पहिलो खेलमा काठमाडौं गुर्खाजले पोखरा एभेन्जर्सविरुद्ध टस जितेर पहिला बलिङ गर्दै छ ।
शनिबार बिहान कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदानमा काठमाडौं गुर्खाजका कप्तान करण केसीले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । पोखरा एभेन्जर्सका कप्तान भनेकुशल भुर्तेल रहेका छन् ।
यस खेलमा विजयी हुने टोलीको प्लेअफ प्रवेशको सम्भावना बलियो रहने छ । पराजित हुने टोलीको पनि अंक गणितीय सम्भावना कायमै रहनेछ ।
जारी एनपिएलमा समान पाँच–पाँच खेल खेलेका दुवै टोलीले समान दुई खेलमा जित तथा तीन खेलमा हार ब्यहोरेका छन् । काठमाडौं अंक तालिकाको छैठौँ स्थानमा रहेको छ भने पोखरा सातौँ स्थानमा रहेको छ ।
प्रतिक्रिया