‘पूर्णबहादुरको सारंगी’ को अग्रिम बुकिङ खुल्ला

काठमाडौँ । १५ कात्तिकबाट प्रदर्शनमा आउने फिल्म ‘पूर्णबहादुरको सारंगी’ को अग्रिम बुकिङ खुलेको छ । विजय बरालको मुख्य भूमिका रहेको यस फिल्मले मल्टिप्लेक्स हलहरूबाट उत्साहजनक पहिलो दिनका लागि राम्रै सो पाएको छ । देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले काठमाडौँ उपत्यकाभर १९ सो उपलब्ध गराएको छ । त्यसैगरी, वान सिनेमाजका दुबै हलमा ६ सो, बिग मुभिजमा ३ सोहरू देख्न सकिन्छ ।

चाबहिलस्थित एफक्युब सिनेमाजले ३ सो दिँदा आइएनआइ सिनेमाजले आफ्नो ३ वटै हलहरूमा ९ सो दिएको छ । काठमाडौँ बाहिरका हलमा पनि राम्रै सो दिएका छन् ।

‘छक्का पञ्जा–५’ र ‘१२ गाउँ’ को दबदबा । त्यसमाथि बलिउडका ठूला फिल्म ‘सिंगम अगेन’ ‘भूलभुलैया–३’ एकसाथ जुध्दा सो बाँडिने निश्चित छ । किनकी यी दुबै फिल्म १६ कात्तिकबाट रिलिज हुँदैछन् । माउथ पब्लिसिटी राम्रो हुँदा ‘पूर्णबहादुरको सारंगी’ ले राम्रै व्यापार गर्न सक्छ । रिलिजअगावै चर्चामा रहेको सारंगी बजाउनेमाथि आधारित यस फिल्ममा बाबुछोराको कथा समेटिएको छ ।

यस फिल्ममा विजयसहित बुद्धि तामाङ, प्रकाश सपुत, अभिनेत्री अञ्जना बराइली, देशभक्त खनाल, अलिशा बास्कोटा, मुकुन भुषाल, भोलाराज सापकोटाको अभिनय छ । सरोज पौडेल निर्देशित फिल्मलाई विनोद पौडेल र प्याट्रिक सुवेदीले निर्माण गरेका हुन् । फिल्मको पटकथा र संवाद महेश दवाडीले लेखेका हुन् । यो फिल्म आगामी १५ कात्तिकबाट रिलिज हुँदै छ ।

प्रतिक्रिया