काठमाडौँ । टिकटकले प्रकाशको पर्व मनाउने क्रममा आफ्नो ग्लोबल दीपावली अभियानको एक अंशको रूपमा नेपालमा तिहार उत्सव कार्यक्रमको आयोजना ग¥यो । कार्यक्रमले लोकप्रिय नेपाली टिकटक क्रियटर र कलाकारहरूलाई मौलिक परम्परा झल्काउने प्रेरणादायी कन्टेन्ट सिर्जना गर्न एकसाथ ल्याएको थियो । कार्यक्रममा वाङ्देन शेर्पा, रोनिश्मा श्रेष्ठ, रेहान श्रेष्ठ, सुष्मा कार्की, अनिश तामाङ, इभा गिरी, मोहन अधिकारी, मञ्जिता मानन्धर, प्रजिना, अञ्जना अर्याल र अन्य धेरै लोकप्रिय टिकटक क्रियटर र कलाकारहरूको उपस्थिति रहेको थियो । यस रमाइलो साँझमा क्रियटरहरूले ह्यासट्यागहरू सँगै तिहार मनाएका थिए ।
टिकटकले तिहार उत्सवका क्रममा क्रियटरहरूका लगि आकर्षक गतिविधिहरू प्रदान गरेको थियो । अतिथि क्रियटरहरूले परम्परागत रितिथिति र चाडपर्वका पहिरनहरू पहिरिएर तिहारसँग सम्बन्धित रमाइला कन्टेन्टहरू पनि प्रदर्शन गरेका थिए । उत्सव मनाउने क्रममा दियो बाल्ने, परम्परागत देउसीभैलो नृत्यहरू प्रस्तुत गर्ने, वातावरणमैत्री रंग र फूलहरूको संयोजन गरी रंगोली डिजाइन गर्ने, स्ट्यान्ड–अप कमेडीको मजा लिने र पोटरीमा भाग लिने जस्ता रमाइला गतिविधिहरू समावेश थिए । एउटा नेपाली ब्यान्डको लाइभ प्रस्तुतिले उत्सवमा थप प्रामाणिकता थपेको थियो ।
टिकटक आफ्ना प्रयोगकर्ताहरूबीच समुदाय र अपनत्वको भावना सिर्जना गर्ने लक्ष्य राख्छ । तिहार अभियानले विभिन्न पृष्ठभूमिका मानिसहरूलाई विभिन्न संस्कृति र परम्पराहरूसँग जोड्न र सँगै उत्सव मनाउने प्लेटफर्म प्रदान गर्छ । यस कार्यक्रमको आयोजना गरेर टिकटकले खोज, सिर्जनात्मकता र अपनत्वको भावनालाई प्रेरित गर्ने अग्रणी ग्लोबल प्लेटफर्मको रूपमा आफ्नो स्थानलाई बलियो बनाउने लक्ष्य राखेको छ ।
तिहार पर्व अँध्यारोमाथि उज्यालो र नकारात्मकतामाथि सकारात्मकताको विजयको प्रतीकका रूपमा विश्वभर मनाउने गरिन्छ । यो संसारभरका लागि आनन्द, समृद्धि र एकताको समय हो । नेपालमा भने तिहारले परिवार, प्रकृति, जनावर, आफू र समाजसँगको सुमधुर सहअस्तित्वको महत्वलाई जनाउँछ । मानिसहरूमा यस पर्वको आगमनले राम्रो भाग्य पनि ल्याउँछ भन्ने विश्वास रहिआएको छ ।
तिहारले अग्रज र परिवारको सम्मानसहित आफूलाई पनि सम्मान गर्ने अवसर प्रदान गर्छ । तिहारको समयमा घर, मन्दिर र कार्यालय सफा गरी दियो, मैनबत्ती र सयपत्री फूलले झिलिमिली बनाउने गरिन्छ । तिहारमा दाजुभाइ र दिदीबहिनी बीचको विशेष सम्बन्धलाई पनि मनाउने गरिन्छ । यस अवधिमा कहिल्यै नओइलिने र सुकेर नजाने विश्वास गरिने मखमली फूलको माला प्रयोग गरिन्छ जसले दाजुभाइ र दिदीबहिनी बीचको बलियो र चिरस्थायी सम्बन्धको प्रतीकको रूपमा विशेष महत्व राख्छ ।
टिकटक एक विश्वव्यापी प्लेटफर्म हो जसले प्रयोगकर्ताहरूलाई उच्च गुणस्तरका भिडियोहरू सिर्जना गर्न र साझेदारी गर्न अनुमति दिन्छ । यसको मिसन भनेको आनन्दलाई सबैका लागि पहुँचयोग्य बनाउनु हो । टिकटकले प्रयोगकर्ताहरूलाई स्वतन्त्र रूपमा अभिव्यक्त गर्न, नयाँ चासोहरू पत्ता लगाउन र विश्वभरका मानिसहरूसँग जोडिन सक्षम बनाउँछ ।
प्रतिक्रिया