काठमाडौँ । ऋषि लामिछाने निर्देशनमा कमब्याक गर्ने भएका छन् । ८ वर्षपछि उनले फिल्ममा कमब्याक गर्न लागेका हुन् । १५ माघबाट छायांकन गर्ने गरेर उनले अहिले फिल्मको छायांकन तयारी गरिरहेका छन् । कमेडी कथावस्तुमा बन्ने फिल्म मुनाल घिमिरेले निर्माण गर्न लागेका हुन् । फिल्मको लेखन भने समीक्षक सामिप्यराज तिमिल्सेनाले गरिरहेका छन् ।
निर्माता मुनाल फिल्म ‘खबरदार’ र ‘इच्छा’ का निर्देशन र घोराही उप–महानगरपालिका–४ को वडा अध्यक्ष पनि हुन् । ऋषिले यसअघि निर्देशन गरेको फिल्म ‘किस्मत २’ सन् २०१६ मा प्रदर्शन आएको थियो । उनले ‘हवल्दार सुन्तली’, ‘सरी ल’, ‘श्रीमान् श्रीमती’ लगायतका फिल्म पनि निर्देशन गरेका छन् ।
निर्माता घिमिरेले शनिबार आफ्नो फेसबुकमार्फत् फिल्ममा कलाकार केदार घिमिरे (माग्ने बुढा) सँग काम गर्ने सहमति भएको जनाएका छन् । त्यस्तै संगीतकारको रूपमा दीपक शर्मासँग समेत काम गर्न लागेको समेत बताइएको छ ।
प्रतिक्रिया