‘माखायात ग्वंग: माः’ सार्वजनिक (भिडियो)

काठमाडौँ । नेपाल भाषामा निर्माण भएको म्युजिक भिडियो ‘माखायात ग्वंग: माः’ सार्वजनिक भएको छ । कृष्ण भक्त महर्जनको रचना, स्वर र संगीतमा रहेको गीतमा बानिका प्रधानको समेत स्वर सुन्न सकिन्छ । गीतलाई हरि शरण सायमीले संगीत संयोजन गरेका हुन् ।

ठट्यौली शब्द संयोजनमा रहेको यस म्युजिक भिडियो केबिएस लुभु प्रोडक्सन हाउसको निर्माणमा बाल मुकुन्द प्रजापतिको निर्देशन , छायांकन/ सम्पादन सैलेश श्रेष्ठ, कोरियोग्राफी किरण जोशीको रहेको छ। भिडियोमा कलाकारहरु आराध्या लक्ष्मी खड्गी र किरण जोशीको अभिनय रहेको छ ।

प्रतिक्रिया