पदकविजेता सम्मानित

karate-sammanकाठमाडौं : भारतको चेन्नईमा गत फेब्रुअरीमा भएको अन्तर्राष्ट्रिय कराते प्रतियोगिताका विजेतालाई नेपाल गोजुरियो कराते डो संघले सोमबार सम्मान गरेको छ ।
नेपालले ३ स्वर्ण, ६ रजत र १ कांस्य जितेको थियो । ज्ञानुराज पाण्डे, शारदा ठकुरी र रिन्जिन शेर्पाले स्वर्ण जितेका थिए । मनीषा रानाभाट, अनुष शाही, एलिसा रानाभाट, शेरप थिङ र सन्देश लामाले रजत जिते । मनीषाले थप एक रजत पनि जितेकी थिइन् । कांस्य जित्नेमा लक्ष्मी श्रेष्ठ रहिन् ।
टोली नेता गोजुरियो संघका अध्यक्ष सिपी घर्ती मगर, व्यवस्थापक पेम्बा तामाङ, प्रशिक्षकका साथै रेफ्रीको भूमिका निर्वाह गरेका सानुबाबु गिरी, दीपक लामा, फुर्पासिंह तामाङ, धनबहादुर परियार र वीरेन्द्रसिंह साउद तथा गोजुरियोका महासचिव एवं दक्षिण एसियाली गोजुरियो कराते महासंघका अध्यक्ष विआर मित्र पनि सम्मानित भए ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामाले उनीहरूलाई सम्मानपत्रबाट सम्मान गरे । उक्त प्रतियोगितामा नेपाललगायत दक्षिण कोरिया, श्रीलंका, सिंगापुर, बंगलादेश, भियतनाम तथा भारतको सहभागिता रहेको गोजुरियो संघले जनाएको छ । (सौस)

प्रतिक्रिया