कसै कसैलाई लाग्दो हो द्रव्य मात्रै ठूलो अरू केही हैन भन्ने द्रव्य मात्रै ठूलो भन्नेले अलि अलि सरुस्वतीको छिटा परेकालाई किन ढोग्नुपर्छ किन हात मोल्नुपर्छ किन गिडगिडाउनुपर्छ त्यसैले सबै काम द्रव्यले मात्रै गर्दैन । द्रव्यले सरस्वतीको छिटा किन्न पाइँदैन भलै गुरुदक्षिणा दिन सकिएला तर विद्या किन्न सकिँदैन अर्काको मगजलाई आफ्नो बनाउन सकिँदैन । अर्काको विद्या आफ्नोभन्दा सधँै पोल्छ । मलाई पनि मेरा कति मित्रले भारतबाट सर्टिफिकेट ल्याइदिन्छु भने, हामी परीक्षा दिदिन्छौँ भने यदि मैले त्यो बाटो अपनाएको भए आज म हीनताबोधले ग्रसित हुन्थेँ मलाई आज गर्वले शीर ठाडो छ । देखाउने स्नातक नभए पनि मैले गर्ने काम विद्यावारिधि गर्ने जनशक्तिले गर्ने काम गर्न पाएकोमा यो मेरो अनौपचारिक स्वअध्ययनले नै बनाएको हो । यसैमा मलाई गर्व लागेको छ ।
चिन्तन भनेको चिन्तन मनन गर्ने चिज हो । मान्छेमा मनमा हजारौँ विचार आउँछन् । विचारका लहरहरू आउँछन् । विचारका लहरलाई खप्तड बाबा लेख्छन्, ‘विचार विज्ञानमा सूर्यको प्रकाशको भन्दा २२ गुणा बेगले विचारको प्रवाह हिँडेको हुन्छ । हामी जसप्रति योग गर्छौं उसकोमा त्ये विचार गएर उसको सोचलाई हामीले बनाएको धारणा उनकोमा गएर उनकोमा धारणा बनेर हामीमा फर्किन्छ ।’
त्यस्तै अध्यात्मले कहिल्यै तोड्दैन सधँै जोड्ने काम गर्छ यदि तोड्ने काम गर्छ भने त्यो आध्यात्म नै होइन । यस्तै महामानव गौतम बुद्धले निर्वाण प्राप्त गरेको साधनाको नाम हो विपश्यना । यो विद्या गुरु शिष्य परम्परा र अभ्यासमा आधारित विद्या भएकाले पछिल्लो चरणमा भारतबाट समेत हराएर बर्मा देशमा जोगाएर राखिएको थियो । बर्मामा जन्मिएका सत्यनारायण गोयन्काले आचार्य उवाखिनबाट गुरु शिष्य परम्परामा आधारित रहेको विद्यालाई उनको सानिध्यमा १४ वर्ष बसेर गुरुको सेवा गरेर पछिल्लो समयमा भारत हुँदै नेपालमा समेत विपश्यना फैलिएको छ । नेपालका धेरै ठाउँमा विपश्यना चलाइने गरेको छ ।
विपश्यना भनेको के हो त भने खासमा आजसम्म अर्कालाई मात्रै हेर्ने काम गर्यौँ । हामीले आपूmले आफैँलाई कहिल्यै हेरेनौँ । यो विद्या खासमा विशेष रूपले आपूmले आफैँलाई हेर्ने हो । आपूmलाई हेर्दा उहिल्यै ७–८ वर्ष अगाडिको कुरा हो काठमाडौँको भृकुटीमण्डपमा एक कार्यक्रममा सकारात्मक चिन्तनका धनी कर्ण शाक्यलाई फ्लोरबाट एउटा प्रश्न आयो तपार्इं सकारात्मक चिन्तनको कुरा गर्नुहुन्छ तर तपार्इंले गरेका कुराजति नकारात्मक छन् त भन्दा उनले भनेका थिए संसार टेक्ने ठाउँ जति नकारात्मक छ टेक्नु कहाँ त्यहि नकारात्मकतामा टेकेर भए पनि हामीले सकारात्मक चिन्तन बनाउने हो धारणा बनाउने हो । त्यस्तै विपश्यनामा पनि सिकाइन्छ अँध्यारो बादलको घेरा भए पनि अलिकति एक रेखा उज्यालो भएमा प्रकाश आउँछ । बेसरी मैलिएको लुगाको फोहोरको लेस कति कालो जान्छ पहिला बिस्तारै धुँदा पखाल्दा केही रहँदैन त्यस्तै हाम्रो अन्तरमनभित्र बलिया मनका क्लेश ढुंगा चट्टानजस्तै बाँधिएर राखिएका छन् ।
कसैले केही भनेकामा कसैले सहयोग नगरेकामा यस्तै यस्तै साँघुरा सोच बनाएर बसेका छौँ । हामी पनि यही मानव समाजमा त हुर्केका हौँ । हामी पनि कताको बुद्धत्व प्राप्त गरेका छौँ र ? कुन जन्मका पूण्यका प्रतापले हो विपश्यना नामक साधनामा अभ्यास गर्ने अवसर मिल्यो । मलाई पहिला विपश्यनाको सबैभन्दा पहिला नाम नभने पनि माथि गुफामा बसेर आएको हुँ १२ दिन हेर भाइ भनेर २०६३ सालमा भान्दाजु हेमराज न्यौपानेले भनेको याद छ मैले पनि त्यो गुफाबारे सोधिनँ दाजुले पनि विस्तृत भन्नुभएन । म त्योबेला उत्साहको यति महत्वाकांक्षाको चरणमा थिए कि संसार मनै हाँक्न सक्छु भन्ने चरणमा थिएँ । पछि म काठमाडौँ बस्न नसक्ने भएर फर्किएर फेरि म घर गएँ । घर गएपछि वल्लो साथी हेर्छु फलानो सहरमा छ ।
पल्लो साथी हेर्छु फलानो सहरमा छ । अनि आफूलाई लाग्यो आफू त सकिन्छु कि क्या हो ? मलाई नजिकको सहर नेपालगञ्ज प्रेस इन्सिच्युटबाट ३ महिने पत्रकारिता तालिम सिकाइन्छ थाहा थियो तर अवसर पाइएको थिएन २०६४ को मंसिरमा कैलालीको टीकापुरबाट एक साइकल र चामल र १४० रुपैयाँका साथ मान्छे बन्नलाई नेपालगञ्ज उत्रिए डेरा खोजेँ पत्रकारिता तालिममा भर्ना भएँ । प्रशिक्षक पूर्णलाल चुकेलगायत सम्पूर्ण अग्रज सहपाठी साथीहरूसँग चिनजान भयो । त्यो बेलाको आध्यात्म मेरालागि ब्रहकुमारी राजयोग ओम शान्ति रहेको थियो धेरै साधनामा नलागे पनि एक हप्ते प्रशिक्षण कैलाली टीकापुर सीता दिदीबाट लिएको थिएँ नेपालगञ्जमा दुर्गा दिदीले चलाउनुभएको थियो म कहिलेकाहीँ जाने गर्थे त्यो बेलाको ऊर्जा अर्कै थियो ।
पछिल्लो चरण यही नकारात्मकतामा टेकेर सकारात्मकतामा आउनुपर्ने धारणामा मलाई प्रविणता प्रमाणपत्रमा केही गरी उत्तीर्ण नभएपछि मलाई कताबाट पछाडीको जीवन हेर्नपुगेछु आपूmलाई सम्हान्ल्न नसक्ने निरास भएछु । मलाई आफ्नो तनाव अरूलाई नभनीकन आफैँमा हराउन सक्ने कला थियो त्यसैले कसैलाई भनिनँ । काठमाडौँ आएको बेला डा.हरिप्रसाद पोखरेलको प्राकृतिक चिकित्सालय खोज्दै भीमसेनगोलामा गएर आफ्नो तनावको विषय राखेँ । उहाँको जवाफ थियो ३० वर्षे ठिटो जीवनबाट थाक्छ माथि मृगस्थलीमा गएर स्वामी प्रपन्नाचार्यलाई भेटेर आउनुहोस् । उहाँले भनेपछि एकपटक होइन तीनपटक भेटेर आएको छु । २०६९ सालको गुरु पूर्णिमाको दिन उहाँकोे आश्रममा गएको र त्यहाँको सकारात्मक शान्ति वातावरणले आजसम्म मलाई कतै मिलेको थिएन ।
पछिल्लो चरणमा मलाई प्रवचनले उपदेशले दिने शान्तिभन्दा व्यवहारमा गरिने आपूmले आफैलाई हेर्ने राग र द्वैष र राग र द्वैषको समवेदनालाई अनित्य साक्षिभावले समतास्वरूप प्रतिक्रिया नगरी हेर्ने विद्या आर्यमौन, आर्यमौन भन्नाले ज्ञानको मौन प्रज्ञाको मौन प्रज्ञामा जानको लागि पहिला शील पालन गर्नुपर्छ शीललाई ५ भागमा बाँटेको छ पञ्चशील म जीवहत्या गर्ने छैन । म चोरी गर्ने छैन । म दुराचार गर्ने छैन । म झुठो बोल्ने छैन । म मादक पदार्थ नशालु पदार्थ सेवन गर्ने छैन भनेर पहिला प्रतिज्ञा गर्नु पर्छ । यी पाँच शील पालन गर्न सकिएन भने विपश्यना साधना अभ्यास गर्न योग्य मानिँदैन ।
यसपल्टको विपश्यना साधना मुलुकको राजधानीको शीर नामैले पनि काफी छ धर्मशृंग धर्मको शीर त्यहाँभन्दा माथि नागार्जुन राष्ट्रिय निकुञ्जको भाग आएपछि बस्तीको सबैभन्दा शीरमा भएकाले होला धर्मको शीर भनेर नाम राखेको । बिहानैको ४ बजेको जागरण घण्टीका साथमा पहिलेदेखि चिनजानका मित्र अधिवक्ता दीपकराज जोशी, परिचित अधिवक्ता जीवन न्यौपानेबाहेक पुरुषतर्फ मैले कसैलाई चिनेको पनि थिएन र चिन्ने प्रयास पनि गरिएन । अलि पहिलादेखि साधनामा लागेकाले नछोडेकाले संख्या अलि बढी भयो होला संख्याले केही फरक पर्दै साधनाको अभ्यासमा कति पाकिएको छ भनेर त्यसले फरक पार्ने हो । अर्को उसले कुन जन्ममा कस्तो प्रभावले उसले कुन पूण्यका प्रभावले विपश्यना साधना अभ्यास गर्न पाएको हो त्योमा पनि भर पर्छ । मेरो पहिलो शिविरका मूल आसनका आचार्य शारदामान शाक्य खुलेर संवाद गर्ने भएकाले हामीलाई अगती पार्ने चिजहरूमा फलानोे त्यो चिजले आपूmतिर तान्ने भएर त जान्छन् भनेर काम, क्रोध, लोभ, मोह, मैथुनका विषयमा बुझाउनुभएको थियो । त्यस्तै दोस्रो आसनमा रहनुभएका आचार्य आदिरत्न गुरुले विपश्यना नामै सुने पनि मान्छे पवित्र हुन्छ भने कुन जन्मका प्रभावले हो तपाईले यहाँ गर्न पाउनुभएको छ भन्नुभयो । म त्यसबेला हठयोगको आसन पद्माशन सकीनसकी पनि बस्ने गर्थे त्यो देखेर होला तपार्इंले कुनै साधना गरेजस्तो लाग्यो भन्नुहुन्थ्यो । म अलिअलि योगमा जान्छु ॐ शान्तिमा कहिलेकाहीँ जान्छु गुरु भनेँ गए पनि यसमा नमिसाउनु यसै विधिअनुसार जे सिकाइन्छ त्यहि गर्नु भन्नुभयो । आज आदिरत्न गुरु हुनुहुन्न ।
हामी सकारात्मक चिन्तनमा भए पनि कहिलेकाहीँ हामीमा पनि नजानिदो ढंगले मार पस्ने गर्छ त्यो मारले पार्ने प्रभावलाई हामीले नियन्त्रण गर्न सकेनौँ भने ठूलो नकारात्मक प्रभाव पर्छ । जसलाई दुःख पसेको भनेर पनि भनौँ मार भनेको एकप्रकारको दुःख हो । कसैन कसैका कारण दुःख प्रवेश गर्छ । त्यो बेला सानो असफलताले मलाई अलिकता दुःख पसेको थियो मैले मार्गदर्शक आचार्य मदन तुलाधरसँग भेटेर मेरो समस्या राखेँ उहाँले मार्गदर्शन गर्नुभयो । उहाँको तर्क थियो नेपालमा संविधान लेखिँदै थियो । प्रकृतिको कानुनले सजाए दिन्छ हेर जगत् आफ्नो साधनामा पाक्ने अनि लेखपढ् गर्ने बढी महत्वाकांक्षी नहुने महत्वाकांक्षाले हो तँलाई बेलाबेलामा दुःख दिने इमानदारीले शील पालन गरी कमाएको ५ रुपैयाँ र फटाई गरी कमाएको करोडौँ बराबर हो भनेर भन्नुभयो । यो हतोत्साह काठमाडाँैमा बेरोजगार भएको अवस्थाको काठमाडौँमा टिक्दाको संघर्षको कथाको प्रारम्भिक चरणको हो । मागेर खाने बानी छैन जस्तो पनि काम गर्न तयार मान्छे भनेजस्तो काम पाइँदैन अनि शीलले धर्मले एकदिन बाटो दिनेछ आत्तिनुहुन्न जगत् भनेर सम्झाउनुभयो । आचार्य भीमवरसिंह थापाले धर्मले शील पालन गरी आम्दानी गर्ने र त्यसैले सम्यक आजीविका चलाउन मिल्ने बनाउनेछ आत्तिन हुँदैन भन्नुभयो । म प्रयासमा थिएँ त्यसैको परिणाम होला २०७३ पुसमा मेरो गोरखापत्रको खस भाषाको पृष्ठ पास भएको थियो । आखिर भोलि बस्न पाइने होइन विपश्यना बसिहालाँै भनेर माघ महिनाको २०७३ को कीर्तिपुर केन्द्रमा विपश्यनामा सतिपठ्ठान शिविरको कोर्ष बसेँ आचार्यको नाम बिर्सें । म शिविर सकिएर गोरखापत्रमा आएको मन्त्रालयबाट भाषा स्वीकृतिको पत्र पनि आइपुगेको रहेछ सरसल्लाहले १७ गतेबाट प्रकाशित हुनेगरी तालिकामा संयोजक लक्की चौधरीले महाप्रबन्धक सुशील कोइरालाको सल्लाहमा डोटेली र खस जुम्लीलाई राखिदिनुभयो । त्यसबेलाको प्रधानसम्पादकमा श्रीओम श्रेष्ठ रोदन हुनुहुन्थ्यो । पारिश्रमिकका हिसाबले त्यो कामलाई नजरअन्दाज नगर्ने हो भने मदन गुरु, भीमवर गुरुलगायत सकारात्मक चिन्तन राख्ने अग्रज व्यक्तिबाट भनेको मैले ठिकै ठाउँमा ठिकै काम पाएको छु त्यही शीलको प्रभावले होला कलम चलाएर खाएको हुनाले मलाई राजधानीमा लाखौँ कमाउनेसरह बाँच्न दिएकै छ ।
आखिर द्रव्यलाई मात्रै अगाडि देख्नेलाई मैले थुप्रै ठाउँका करार जागिर नखाएको हो । अहिले आएर नखाएकोमा पश्चात्ताप पनि छैन । कसै कसैलाई लाग्दो हो द्रव्य मात्रै ठूलो अरू केही हैन भन्ने द्रव्य मात्रै ठूलो भन्नेले अलि अलि सरुस्वतीको छिटा परेकालाई किन ढोग्नुपर्छ किन हात मोल्नुपर्छ किन गिडगिडाउनुपर्छ त्यसैले सबै काम द्रव्यले मात्रै गर्दैन । द्रव्यले सरस्वतीको छिटा किन्न पाइँदैन भलै गुरुदक्षिणा दिन सकिएला तर विद्या किन्न सकिँदैन अर्काको मगजलाई आफ्नो बनाउन सकिँदैन । अर्काको विद्या आफ्नोभन्दा सधँै पोल्छ । मलाई पनि मेरा कति मित्रले भारतबाट सर्टिफिकेट ल्याइदिन्छु भने, हामी परीक्षा दिदिन्छौँ भने यदि मैले त्यो बाटो अपनाएको भए आज म हीनताबोधले ग्रसित हुन्थेँ मलाई आज गर्वले शीर ठाडो छ । देखाउने स्नातक नभए पनि मैले गर्ने काम विद्यावारिधि गर्ने जनशक्तिले गर्ने काम गर्न पाएकोमा यो मेरो अनौपचारिक स्वअध्ययनले नै बनाएको हो । यसैमा मलाई गर्व लागेको छ ।
अनौपचारिक स्वअध्ययनका लागि म २ जनाको नाम लिन्छु एक स्वर्गीय रविन्द्र अधिकारी र नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँले अधिकारी लेख्छन् कुनै लेखमा व्यक्ति जति प्रमाणपत्रले किचेको भए पनि जुन दिन स्वअध्ययन गर्न छोड्यो त्यो मान्छे त्यसैदिन सकियो । त्यस्तै जति स्कुप मार्ने पत्रकार भए पनि समाचार लेख्न छोडेको दिन त्यो पत्रकार सकियो भनेर मलाई यी २ जनाका यी २ पंक्ती मार्गदर्शन र प्रेरणाका स्रोत हुन् । त्यस्तै प्रमाणपत्रमा जुन तह भए पनि नेपालको संस्कृतिका क्षेत्रमा भलै राजनीतिका क्षेत्रका कुनै एउटै शिविरका व्याख्याता भए पनि त्यहि शिविरका लागि संस्कृतिविद्का रूपमा कहलिएका स्वअध्यनका धनी शीतविन्दुको स्वअध्ययनको म सधँै मार्गदर्शक हुँ । त्यस्तै मैले पनि प्रमाणपत्र हात नलागेर अध्ययन र लेखन छोडेको भए म पनि सकिन्थेँ मैले यो प्रमाणपत्र पाउने ३ घण्टे परीक्षा प्रणालीलाई कहिल्यै विश्वास गरिनँ जीवन ३ घण्टामा नापिँदैन । बाँकी २१ घण्टाको के मूल्य छैन भनेर सकारात्मक चिन्तनले मैले स्वअध्ययन बढाएँ र म आज जुन ठाउँमा छु त्यहि स्वअध्ययनले बनाएको हो । नत्र म पनि कुनै असफताले डिप्रेसनमा गुज्रिरहेको हुन्थेँ होला ।
माथि एक पाटोको लेख्दै जाँदा बहकिएर कता पुगियो खासमा यसपालि गएको असार ३० देखि साउन १० सम्मको १२ दिने विपश्यनामा परिचित माथि भनिहाले एक मित्र अधिवक्ता दीपकराज जोशी अर्का अधिवक्ता जीवन न्यौपाने मैले अरूलाई चिन्न पनि खोजिनँ । महिलातर्फ प्राध्यापक सीता शर्मा र कवियत्री निभा शाह दिदी निभा दिदीसँग पहिलेदेखि जाने सल्लाह थियो । म अलि अगाडि गएर पुगेको थिएँ । बाटोको लोकेसनलाई दिदीले फोन गरेपछि मैले लोकेसन दिएँ बाटोमा उभिराखेँ कल्पना नगरेको आदरणीय दाजु महेशविक्रम शाहले सीता म्यामलाई र निभा दिदीलाई बोकेर आफै ड्राइभ गरेर लिएर आउनुभएको रहेछ । हामी झरेर त्यही मुहानपोखरीको हाइटमा चिया खाएर ध्यानका विविध पाटा र जीवनका विविध पाटाबारे छलफल गरी छुट्टियौँ । निभा दिदीसँग अस्ति भेटेर ध्यानले पारेको सकारात्मक प्रभावबारे छलफल भयो भलाकुसारी गरियो सीता म्यामसँग भेटगर्न जान पाएको छैन ।
यस्तैमा म पहिलादेखि बालबालबालिकाको बाल शिक्षक पनि भएकाले अब बालबालिकालाई पनि सकारात्मक चिन्तनको बारे अभ्यास गराउनका लागि विद्यालय विद्यालयमा आना पाना सति ध्यान चलाउन प्रेरणा ओरेन्टेसन र सहजीकरण गर्नका लागि अलिकता समय दिन पर्छ कि भनेर काठमाडौँका विभिन्न विद्यालय क्याम्पसमा जानकारी गराउने गरेकाले गएको शुक्रबार काठमाडौँकै प्रतिष्ठत एक विद्यालयका प्रिन्सिपल र म बसेर विद्यालयमा व्यवस्थापन गर्न सक्ने भए विद्यालयमा नभए केन्द्रमा विपश्यना चलाएमा बालबालिकामा अध्ययनमा सकारात्मक प्रभाव पर्ने कुराको छलफल गरी छुट्टियौँ । उहाँले सकारातमक रूपमा लिनुभयो उहाँले योग त सिकाउने गरेका छौँ विपश्यना नसुनेको त होइन योग र विपश्यनामा फरक के हो भनेर सोध्नुभयो मैले जानेको बुझाउने प्रयास गरेँ ।
यो विपश्यना ध्यानमा के गरिन्छ त भन्दा मूल कुरा आफ्नै आउने जाने स्वासप्रसमा केन्द्रित रहने हो । मुल कुरा राग र द्वैष आएको हुन्छ । मन भाग्छ मन मन भोर कहाँ जान्छ भन्दा या विगतमा जान्छ के गरियो त्यसको समीक्षा गर्छ या भविष्यका योजना बनाउँछ । यी दुबैलाई छोडेर भागेको चञ्चल मनलाई बाँधेर नियन्त्रणमा ल्याएर आज र अहिलेमा राख्ने हो । अहिले रातीको १ बजे भए पनि म लेख्दै छु । अहिलेको सत्य यहि हो वर्तमानमा बाँच्ने हो । अगाडि के गरियो कोसँग भेटियो त्यो बुद्धिको कुरो मात्रै हो प्रज्ञाको कुरो होइन । त्यसैले हामीले राग र द्वैषलाई अनित्य भावले हेर्ने समतामा रहने गर्नुपर्छ । मैले पनि माथि भनिहालेँ संख्याले केही गर्दैन कहिलेकाहीँ नजानिदो ढंगले आपूmले थाहा नपाउने गरी चित्तमा चित्तवृत्तिमा राग र द्वैष पसेको हुँदो रहेछ । मलाई पनि कसैप्रति राग र कसैप्रति द्वैष पसेको रहेछ । बाहिरको दुनियाँमा बुद्धिले जति सम्झाए पनि मान्दैन बाहिर बाहिरको लेपन मात्रै हो । अहिलेको विपश्यनाको शिविरमा राग पसेको पनि अनित्य भावले हेरेर साक्षिभावले हेरियो द्वैषलाई पनि अनित्य भावले हेरियो । राग र द्वैषको मुस्लो भनौँ बलिलरहेको आगोको लप्कामा अलिकता पानी भए पनि शीतलता दिने पानी हालेर आइयो ।
हामी सकारात्मक चिन्तन भन्ने बाहिरी व्यवहारमा आफ्ना वरिपरि आगो लाउँदै हिँड्ने गरेपछि कसरी शान्ति हुन्छ त्यो आगोले आपूmलाई पनि पोल्छ । त्यसैले त्यो आगोबाट बच्न पहिला आपूmले आगो बाल्ने संस्कार छोड्नुपर्छ । हामी यहि मानव संस्कार र यहि समाजमा हुर्केकाले केही यस्ता संस्कार बाँकी होलान् कहिलेकाहीँ नजानिँदो ढंगले हाम्रो अन्तस्करमा चित्तवृत्तिमा पसेका हुँदा रहेछन् । यसपल्ट अन्य शिविरभन्दा बढी नै राग र द्वैष आए राग र द्वैष मुक्त भए त अरहन्त भइहाल्यो राग र द्वैष आउनु स्वभाविक हो मूल कुरा समता भाव प्रतिक्रियारहित हेर्न सक्ने भैयो कि नाई भन्ने हो । प्रतिक्रियारहित ढंगले हेर्न सक्ने भइयो भने समता साक्षि भाव भयो नत्र उही प्रतिक्रया भोक्ताभाव भयो हामीले द्रष्टा भावले हेर्न सक्नुपर्छ त्यो मनले मन सुधार्छ बिस्तारै नकारात्मताहरू पखालिएर सकारात्मक चिन्तनमा मन बदलिएर जान्छ । मनको स्वभाव एकै नाशको रहँदैन दैनिक कतिऔँ विचार आएका हुन्छन् ती सबै बोकेर तीनको प्रतिक्रिया दिएर साध्य हुँदैन कुन समयमा कस्तो विचार आयो । त्यो त्यहि समयको प्रभाव हो । त्यसपछिको प्रभावमा उसलाई सकारात्मकै सकारात्मक प्रभाव आउन सक्छ । कहिलेकाहिँ मान्छेमा विपाक आउन सक्छ विपाक भनेको बितेका पाप कर्म । ती हामी कतिऔँ पुस्ताका कतिऔँ आमाबाबुका सन्तान हौँ हाम्रो यस अगाडिको जिन कस्तो थियो त्यो प्रभाव विज्ञानले पनि पुष्टि गरेको छ त आध्यात्मले पनि सात पुस्ता अगाडिको जिन र आपूmभन्दा सात पुस्ता पछिको जीनको प्रभाव रहेको हुन्छ भन्छ संस्कारमा । हामीमा पनि यहि संस्कार देखिने हो त्यसैले सबैले सकारात्मक चिन्तन गर्ने गरौँ असल संस्कार सिक्ने सिकाउने गरौँ अनि एकपटक भए पनि जीवनमा अभ्यासमा आधारित आजसम्म अरूकै बारे धारणा बनायौँ बाहिरी दुनियाँबारे मात्रै बुझ्यौँ । अब आफैले आपूmलाई एकपटक बुझ्ने प्रयास गरौँ एकपटक भए पनि विपश्यना ध्यान गरौँ ।
भवतु सब्ब मंगलम् ।
(लेखक गोरखापत्र राष्ट्रिय दैनिकको बहुभाषिक संस्करण ‘नयाँ नेपाल’ ‘खस जुम्ली’ भाषाका पृष्ठ संयोजक हुन् ।)
प्रतिक्रिया