बोनम्यारो नष्ट भएकी किशोरीद्वारा याचना

Soniya-poudelइलाम, २३ फागुन । नयाँबजार–३ की १५ वर्षीया सोनिया पौडेल मृत्युसँग संघर्ष गरिरहेकी छिन् । कलिलै उमेरमा अप्लास्टिक एनिमिया भएपछि उनी मृत्युको मुखमा पुग्न लागेकी हुन् । काठमाडौंस्थित मोडल अस्पतालमा उनी जीवनको भीक्षा मागिरहेकी छिन् ।

शरीरको बोन म्यारो नष्ट भएकाले रगत उत्पादन हुन छाडेपछि पौडेललाई २६ दिनदेखि दैनिक ३ पिन्ट रगत दिएर बचाएको छ । आदर्श उच्च माविमा कक्षा ११ मा अध्ययनरत पोडेलको परिवारको आर्थिक अवस्था कमजोर छ भने उनको उपचारमा २० लाख रुपियाँभन्दा बढी खर्च हुने बताइएको छ ।
‘रगतका साथै अरू धेरै प्रकारका औषधिको सेवन गर्नुपर्ने भएकाले उपचारमा समस्या परिरहेको छ,’ बाबु ठाकुरले भने, ‘रोग निको पार्न धेरै पैसा लाग्ने रहेछ, हामीसँग छैन ।’ पौडेल परिवारले छोरीको उपचारका लागि आर्थिक सहयोग गरिदिन आग्रह गरेका छन् । सम्पत्ति सबै खर्च गरेर पनि छोरी बचाउन नसक्ने अवस्था आएको बताउँदै ठाकुरले छोरीलाई बचाउन सोनियाकी आमा मुना भट्टराईको नाममा रहेको खातामा सहयोग गरिदिन आग्रह गरेका छन् । सहयोगी दाताले ग्लोबल बैंक फिक्कलमा २७०७०१००००३६५ नम्बरको खातामा अथवा सौर्य दैनिकको कार्यालयमा रकम जम्मा गर्न सक्नेछन् ।

प्रतिक्रिया