जनमत पार्टी केन्द्रीय सचिवालय बैठक जनकपुरधाममा

जनकपुरधाम । जनमत पार्टी केन्द्रीय सचिवालयको बैठक जनकपुरधाममा सुरु भएको छ । शुक्रबार जनकपुरधाममा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सिके राउतको अध्यक्षतामा पार्टी केन्द्रीय सचिवालयको २ दिने बैठक शुक्रबारबाट जनकपुरधाममा सुरु भएको छ ।

बैठकमा वर्तमान राजनीतिक परिस्थिति र पार्टीको कार्यदिशा, मधेस प्रदेश सरकारका कामकाज कार्यान्वयनमा देखिएका समस्या र समाधानका उपाय लगाइएको विषयमा छलफल हुने पार्टीका राष्ट्रिय प्रवक्ता डा.शरद सिंह यादवले बताए ।

जनमतको केन्द्रीय सचिवालय १७ सदस्यीय छ । पार्टी प्रवक्ता डा.शरद यादवका अनुसार सचिवालय बैठक सकिएको भोलिपल्ट मुख्यमन्त्री, मन्त्री, पूर्वमन्त्री, प्रदेशसभा सदस्यसहितको बृहत् बैठक बस्ने उनले बताए ।

प्रतिक्रिया