‘भैहाल्छ नी’को च्यारिटि दाङमा

दाङ, १० चैत । नेपाली चलचित्र ‘भै हाल्छ नी’ले शुक्रबार दाङमा आफ्नो च्यारिटि सो देखाएको छ ।

क्रिकेटको विकासलाई सहयोग गर्ने भन्दै व्यवस्थापनले ‘भै हाल्छ नी’को च्यारिटि सो देखाएका हुन् । ‘च्यारिटी सो वापत उठेको रकम दाङको क्रिकेट विकासका लागि खर्च गर्ने छौ ।’ चलचित्रका नायक विशाल पोखरेलले भने ।

च्यारिटि सो गर्नु अगाडी पत्रकारहरुहरुसँग कुरा गर्दै चलचित्रका निर्देशक एम.एस. अग्रजले क्रिकेट विकासका लागि ‘भै हाल्छ नी’को च्यारिटी सो गरेको दावि गरे ।

‘दाङमा क्रिकेटको राम्रो सम्भावना देखेर क्रिकेटलाई रोजेका हौ ।’ निर्देशक अग्रजले भने ।

उनले भने, ‘आफ्नो चलचित्रद्धारा दाङको क्रिकेट विकासमा थप टेवा पुरायाउन पाउदा खुसी लागेको छ ।’

चलचित्रको मुख्य भूमिकामा नव नायक विशाल पोखरेल, नायिका गरिमा पन्त, सुनिल थापा, सुमन सिंह, सोनीया केसी लगाएतका कलाकारले अभिनय गरेका छन् ।

चलचित्रमा मुख्य नायकका रुपमा पर्दामा देखिएका दाङका विशाल चलचित्र क्षेत्रका नयाँ अनुहार हुन् । पहिलो पटक चलचित्रमा पाइला टेकेका विशालले खारिएको नायक जस्तै अभिनय गरेको चलचित्र निर्देशक अग्रजको दावि छ ।

चलचित्रमा अग्रजको निर्देशन एवम् दिनेश अधिकारी र आरके पाण्डेको लगानी रहेको छ । चलचित्रमा समावेश ६ वटा गीतको संगीत यादव योगी र गोविन्द मधुरले दिएका हुन् । गीतमा चर्चित गायकगायिका दीपक लिम्बु, रेनु विष्ट, गोविन्द मधुर आर्चायलगाएतले स्वर दिएका छन् ।

‘भ हालछ नी’ चलचित्रलाई क्लर्स मुभिज एण्ड इन्टरटेन्मेन्टले निर्माण गरेको हो ।

प्रतिक्रिया