मुम्बई । दक्षिण भारतीय अभिनेत्री अदा शर्मा उनको फिल्म ‘बस्तर द नक्सल स्टोरी’को कारण चर्चामा छिन् ।
लमो समयदेखि उनी बलिउडका स्वर्गीय अभिनेता सुशान्त सिंह राजपुतको घरमा सिफ्ट हुन लागेको खबर आइरहेको थियो । हालै एक अन्तरवार्तामा अभिनेत्रीले आफू सुशान्तको घरमा सिफ्ट भएको स्वीकार गरेकी छन् ।
ई–टाइम्सको रिपोर्टअनुसार अदा शर्माले सन् २०२३ को अक्टोबरमा घर भाडामा लिन भाडा सम्झौतामा हस्ताक्षर गरेकी थिइन् । अभिनेत्री यही वर्षको सुरुमा आफ्नी आमा र हजुरआमासँग त्यहाँ बस्न थालेकी थिइन् । रिपोर्टका अनुसार आदाले यो घर ५ वर्षका लागि भाडामा लिएकी छन् ।
बम्बे टाइम्ससँग कुराकानीमा अदा आफैँले पनि यो जानकारी दिएकी थिइन् । ‘म चार महिनाअघि मात्र फ्ल्याटमा सिफ्ट भएकी थिएँ । म ओटिटीमा मेरो प्रोजेक्ट ‘बस्तर द नक्सल स्टोरी’को प्रमोसनमा व्यस्त थिएँ । अहिले कामबाट केही समय छुटाएर यहाँ बसेको छु’, उनले भनिन् । अदा अहिलेसम्म बान्द्राको पाली हिलमा एउटै घरमा बस्दै आएकी थिइन् ।
अभिनेत्रीले घर फेरेको यो पहिलोपटक भएको बताइएको छ । आफू भाइब्सबारे निकै संवेदनशील रहेको र सुशान्तको घरले आफूलाई सकारात्मक भाइब्स दिएको उनको भनाइ छ ।
प्रतिक्रिया