मुगु । कर्णाली प्रदेशको प्रमुख पर्यटकिय स्थल राराम भएको चौथो रारा ट्रेल रनको उपाधि मुगुका अक्कल र जुम्लाकी राज्यले जितेका छ्न् ।
पर्यटन प्रवर्द्धनमा जोड दिन र राराको प्रचारप्रसारका लागि रारामा सञ्चालन गरिएको चौथो रारा ट्रेल रन प्रतियोगितको महिलातर्फ जुम्लाकी राज्यलक्ष्मी र पुरुषतर्फ मुगुका अक्कलले जितेका हुन् । बर्सेनि नेपाली सेनाले रारामा आयोजना गर्दै आएको रारा ट्रेल रनको चौथो पटकको रनका लागि नेपालकै ठूलो ताल रारा वरिपरी धावकहरुलाई प्रतिस्पर्धा गराइएको थियो ।
यो वर्षको ट्रेल रनको आयोजक नेपाली सेनाको हनुमान ध्वज गुल्म रारा र छायाँनाथ रारा नगरपालिकाको संयुक्त आयोजनामा गरिएको हो । शुक्रबार बिहान सञ्चालन भएको रारा ट्रेल रनमा महिला र पुरुष गरी १९४ जना खेलाडीले सहभागिता जनाएका थिए ।
सहभागी पुरुष १६९ जनामध्य छायाँनाथ रारा नगरपालिका– १४ वाम गाउँका अक्कल बढुवाल (१७) ले निर्धारित १६ किलोमिटर दुरी एक घण्टा २ मिनेट १० सेकेण्डमा पार गर्दै प्रथम, कनकासुन्दरी गाउँपालिका– ३ का सेरबहादुर बुढाले एक घण्टा २ मिनेट ११ सेकेण्डमा पार गर्दै द्वितिय र कनकासुन्दरी– २ जुम्लाकै चन्द्र रावतले एक घण्टा २ मिनेट २१ सेकेण्ड लगाएर तृतिय स्थान प्राप्त गरेका थिए ।
यस्तै महिला सहभागी ३५ जनामध्य गोठिचौर गाउँपालिका– ३ गज्याङकोट गाउकी राज्य लक्ष्मी रावल (१९) ले निर्धारित १६ किलोमिटरको दुरी एक घण्टा १४ मिनेट ३३ सेकेण्डमा पार गर्दै प्रथम, पातारासी गाउँपालिका– २ जुम्ला पेडा गाउँकी कल्पना बुढाले एक घण्टा १४ मिनेट ५२ सेकेण्ड लगाएर तेस्रो र जुम्लाकी समिता बुढाले एक घण्टा १६ मिनेट ३१ सेकेण्ट लगाएर तेस्रो स्थान हात पारेका छन् ।
ट्रेल रनमा प्रथम, द्वितिय र तृतिय स्थान प्राप्त गर्ने महिला तथा पुरुष तर्फका विजेता खेलाडीहरुलाई जनही क्रमशः ५० हजार, ४० हजार, ३० हजार नगदसहित ट्रफी र प्रमाणपत्र वितरण गरिएको छ ।
विजेताहरुलाई प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसी, छायाँनाथ रारा नगरपालिका कावा प्रमुख पदमराज मल्ल, हिमा गाउँपालिका जुम्लाका अध्यक्ष उत्तर पश्चिम पृथना उपरथी कृष्णदेव भट्टले पुरस्कार, प्रमाणपत्र र ट्रफी प्रदान गरेका थिए ।
दौड प्रतियोगितामा जेष्ठ ज्यष्ठ खेलाडी ५१ वर्षीय राजाराम बुढा (राज्यले हल्लायो) देखि कान्छा खेलाडी १५ वर्षीय दिपेन्द्र रावल प्रतियोगिका रुपमा सहभागी भएका थिए ।
मुगु
प्रतिक्रिया