सिमेन्ट बोकेको गाडी दुर्घटना हुँदा एकको मृत्यु

काभ्रे । काभ्रेको बनेपा नगरपालिका– ११ धनेश्वरस्थित भित्री सडक खण्डमा धनेश्वरबाट पाकुटोलतर्फ जाँदै गरेको बा ६ च ६३४० नम्बरको सिमेन्ट बोकेको आईचर गाडी आफै अनियन्त्रि भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बिहीबार साँझ ५ः३० बजेकको समयमा आइचर सडकबाट ४० मिटर तल खस्दा चालकसहित तीन जना घाईते भई उपचारका लागि शिरमेमोरियल अस्पताल बनेपा पठाइएकोमा चालक काभ्रेको पनौती नगरपालिका– ५ ढलमले बस्ने वर्ष ५२ का बद्री बोगटीको टाउकोमा चोट लागेकाले उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यसैगरी सोही गाडीमा सवार भुम्लु गाउँपालिका– २ बस्ने वर्ष २३ का विष्णु पहरी घाइते भएकोे प्रहरीले जनाएकोे छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया