ज्याकीको मुद्धामा अदालतको फैसला

मुम्बई । बलिउड अभिनेता ज्याकी श्राफको याचिकामा दिल्ली उच्च अदालतले आफ्नो फैसला सुनाएको छ । अदालतले कुनै पनि व्यक्ति, कम्पनी वा सामाजिक सञ्जाल साइटले अभिनेताको नाम, तस्बिर र आवाजलाई उनको अनुमति बिना प्रयोग गर्न नपाउने बताएको हो ।

अदालतले व्यावसायिक लाभका लागि अभिनेताको पहिचानको दुरुपयोग गर्न नहुने बताएको छ । ज्याकीले हालै दिल्ली उच्च अदालतमा याचिका दायर गरेका थिए । ज्याकीको तर्क थियो कि केही सोशल मिडिया ह्यान्डलहरूले एआईको सहयोगमा उनको पहिचान प्रयोग गरेर पैसा कमाउँदै छन् ।

यसबाहेक उनीसँग जोडिएका ज्याकी, भिदु, जग्गु दादा जस्ता नाम सार्वजनिक मञ्चमा दुरुपयोग भइरहेको उनको जिकिर थियो । जसलाई रोक्न ज्याकी अदालत पुगेका थिए ।

दिल्ली उच्च अदालतले १५ मेमा दिएको आफ्नो निर्णयमा ती सबै व्यक्ति र कम्पनीहरूलाई नोटिस जारी गरेको छ जसले अनुमति बिना ज्याकीको पहिचान प्रयोग गरिरहेका छन् । अदालतले सेलिब्रेटीको हैसियतमा ज्याकीसँग आफ्नो छवि जोगाउने अधिकार रहेको स्वीकार गरेको छ । यदि कसैले आफ्नो नाम र पहिचानको सहयोगमा पैसा कमाउँदैछ भने कलाकारलाई कारबाही गर्ने अधिकार रहेको अदालतको भनाई छ ।

ज्याकीले आफ्नो तस्बिर प्रयोग गरेर आपत्तिजनक मिम्स बनाइएको र उनको आवाजको पनि दुरुपयोग भएको बताएका छन् । यसका साथै उनको तस्बिर प्रयोग गरेर अश्लील सामग्री पनि सिर्जना भइरहेको छ । अदालतले तुरुन्तै यो विषयलाई आफ्नो संज्ञानमा लियो ।

भारतमा सेलिब्रेटीहरू पहिले भन्दा बढी सचेत भएका छन्। गत वर्ष दिल्ली उच्च अदालतले अमिताभ बच्चनको नाम, आवाज र फोटो उनको अनुमति बिना प्रयोग गर्न प्रतिबन्ध लगाएको थियो। उनको निवेदनमा अदालतले यस्तो अन्तरिम आदेश दिएको थियो ।

प्रतिक्रिया