जय होस् सार्वजनिक

काठमाडौँ । ९ वर्षीया गायिका श्रेजु वाग्लेको स्वरमा रहेको र्याप गीत ‘जय होस्’ सार्वजनिक भएको छ । शेखर वाग्ले(सिड)को शब्द र संगीत रहेको गीतमा डिजेएलएक्स पौडेलको एरेन्ज, मिक्सिङ र मास्टरिङ छ । गीतमा नेपाली र संस्कृत शब्द प्रयोग गरिएको छ ।

विकास प्रसाईको निर्देशन रहेको भिडियोमा गायिका श्रेजु, र्यापर निर्णय एनएसके, डिजेएलएक्स पौडेल, शेखरलगायत फिचर्ड छन् । भिडियोमा गीत रेकर्डदेखि भिडियो बनाइएकोसम्मका दृश्य समेटिएका छन् ।

राजधानीमा एक कार्यक्रमबीच भिडियो सार्वजनिक गरिएको थियो । भिडियो बालबालिका तथा महिला मन्त्री भगवती चौधरी र सांसद रेखा यादवले केक काट्दै भिडियो सार्वजनिक गरेका थिए ।
भिडियो बाबाछोरी नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया