लोप हुंदै सुल्पा बनाउने पेसा

Shulfaदैलेख, १० फागुन । पश्चिममा रहेको राकमकर्णा कुमाल गाउँ र दैलेखको पूर्व–पश्चिममा रहेको नौमुलेमा सुल्पा बनाउने पेसा लोप हुंदै गएको छ ।

गाउँघरमा चार/पाँच वर्ष पहिलेसम्म सुल्पा बनाउन भ्याइनभ्याई हुने गरेकोमा अहिले यसको अवस्था निराशाजनक रहेको स्थानीय शशिराम वादी बताउँछन् । उनी भन्छन्, ‘गाउँमा इज्जत पनि थियो, वर्षभरि खाने अन्न पनि हुन्थ्यो ।’ सुल्पा बनाउने पेसा पुख्र्यौली भए पनि अब बचाउनै नसकिने स्थिति रहेको उनको भनाइ छ ।
नौमुले–८ मा शशिरामले आºनो पेसा धानिरहे पनि पेसाबाट परिवारको खर्च धान्न नसक्दा दु:खी छन् । गाउँभरि डुलेर कहिलेकाहीँ एक/दुईवटा मात्र सुल्पा लिन्छन् । दु:ख गरेर बनायो, बिक्री गर्न निकै समय खर्चिनुपर्दा मन खिन्न हुन्छ,’ शशिरामले भने, ‘सुल्पाको ४ मानेपाथी मकै दिन्थे तर, अहिले अन्नसँग सुल्पा लिन मान्दैनन् ।’ उनले भने, ‘सुल्पा किन्ने ग्राहक घटेपछि पेसा नै छाड्नुपर्ने अवस्था आएको छ ।’ शशिरामसँगै उनकी श्रीमती सावित्रीले निरन्तर सुल्पा बनाउन सहयोग गर्दै आएकी छन् ।
सुल्पाले जीवनयापन गर्न नसकेपछि शशिरामको परिवार आयआर्जनका अन्य उपाय अपनाइरहेको छ । सुल्पा बिक्नै छाडेपछि पेसा नै संकटमा पर्न थालेको उनीहरूको भनाइ छ । एउटा सुल्पालाई गाउँघरमा २० रुपियाँमा बिक्री गरिरहेको सावित्रीले बताइन् । बजारमा थरीथरीका सुर्ती, चुरोट, गुट्खा जन्य पदार्थ पाइन थालेपछि ऐतिहासिक सुल्पा प्रयोग गर्ने घट्दै गएका हुन् ।
वैकल्पिक पेसा पनि गर्ने तर आºनो पुख्र्याैली पेसा भएकाले फाइदा नभए पनि निरन्तरता दिने सावित्रीको भनाइ छ । शशिराम दम्पतीले मादल पनि बनाउँछ । ‘तिहारका बेला बिक्री हुने गरे पनि अरू बेला बिक्री हुँदैन,’ सावित्रीले भनिन् । वादीदम्पतीका २ छोरा २ छोरी छन् । यहाँका धेरै दलित परिवारका बालबालिका विद्यालयबाहिर भएका बेला सावित्रीले आºना छोराछोरी निरन्तर विद्यालय पठाउने गरेकी छन् । घरमा जग्गा थेरै भएकाले तरकारी खेती गर्न समस्या भएको वादीदम्पतीको भनाइ छ । उनीहरूले गरिबी निवारणबाट ऋण ल्याएर घरनजिकै २ वटा बंगुर व्यवसाय सुरु गरेका छन् ।

प्रतिक्रिया