आर्थिक मन्दीले देश ऋणमा डुबेको छ : राउत

पर्सा । आर्थिक मन्दी देशमा समस्या बढाएको जनमत पार्टीका अध्यक्ष सिके राउतले बताएका छन् । आइतबार वीरगन्जमा पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘आर्थिक मन्दीले देश ऋणमा डुुबेको छ । तलब दिन सक्ने अवस्थामा देश छैन । कुनै पनि व्यापारीमा खुसी र उत्साह छैन । पसल बन्द गर्नुुपर्ने अवस्था भएको छ । आर्थिक मन्दी तल्लो स्तरसम्म पुुगेको छ ।’

‘लघुवित्तबाट ऋण लिएकाहरूको हालत विकराल छ । दोस्रो समस्याको रूपमा देशमा पटकपटक उथलपुुथल भइराख्नु हो’ उनले भने । देशमा अस्थिरता र भ्रष्ट्राचार रहेको उनले बताए । ‘सुन काण्डदेखि लिएर अनेक काण्डहरू भइरहेका छन् । त्यसको जरासम्म पुुग्नुपर्छ’, उनले भने ।

यी सबै समस्यालाई कसरी समाधान हुन्छ भने जनमत पार्टीले पनि राजनीति प्रस्तावमाथि छलफल गरिरहेको उनले बताए । ‘देशको अस्थिरता समाधान गर्न हामीले नौलो गणतन्त्र प्रस्ताव गरेका छौँ । त्यसमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुन्छ । प्रत्यक्ष निर्वाचित भएपछि कमसेकम आफ्नो कार्यकाल मज्जाले चलाउन पाउँछ । बारम्बार हुने प्रधानमन्त्री र मन्त्री परिवर्तनबाट हामी मुक्त हुुन्छौँ ।’ अख्तियार प्रमुखलगायत सबै संवैधानिक निकायका प्रमुख प्रत्यक्ष रूपमा जनताबाट निर्वाचित भयो भने विस्थापित हुने अवस्थाको अन्त्य हुने उनले बताए ।

प्रतिक्रिया