मैले क्यान्सरलाई जितेको एक वर्ष !

काठमाडौँ । ग्रामीण महिला तथा बाल स्वास्थ नेपाल (क्यान्सर सर्भाइभर्स सचेतना समुह) ले विश्व क्यान्सर दिवस मनाएको छ । फेब्रुअरी ४ अर्थात् माघ २१ मा पर्ने यस दिन टोखा नगरपालिका मनोहर उच्चमाध्यामिक विद्यालय नजिक सामुदायिक भवनमा भएको कार्यक्रममा. क्यान्सरका बिरामीहरूको उपचारमा हुने विभेदका विरुद्ध CLOSE THE CARE GAP भन्ने नारा सहित १०० जना किशोरी, ७० जना सरभाइभर्स. र टोखा नगरपालिका लगायत सम्पूर्ण सरोकारवाला पक्षहरूको सहभागिता भएको संस्थाकी अध्यक्ष डा. कोपिला पोखरेलले बताइन् ।

विश्व क्यान्सर दिवसको कार्यक्रमको बारेमा जानकारी गराउँदै संस्थाकी अध्यक्ष डा.पोखरेललेले भनिन्, ‘अन्तर्राष्ट्रिय क्यान्सर नियन्त्रण संघको नेतृत्वमा विश्वव्यापी चेतना बढाएर एउटा सकारात्मक आन्दोलनको दिशामा क्यान्सरसँग प्रत्यक्ष अप्रत्यक्ष रूपमा जोडिएका व्यक्तिहरूले विश्व क्यान्सर दिवसलाई एउटा भव्य दिनको रूपमा मनाउँदै आएका छन् ।’ सामाजिक, लैगिंक, जातीय, भौगोलिक तथा अपांगता लगायतका कारणले क्यान्सरका बिरामीहरूको उपचारमा हुने विभेदका विरुद्ध CLOSE THE CARE GAP नारा सहित यस वर्षको क्यान्सर दिवस लक्षित रहेको उनले जानकारी गराइन् ।

क्यान्सर रोगीहरूले सामना गर्ने चुनौतीलाई सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक छ । नकारात्मक सामाजिक मनोवृत्ति, पारिवारिक सहयोगको अभाव र राज्यको अपर्याप्त हस्तक्षेपले उनीहरुको सम्मानपूर्वक बाँच्न पाउने अधिकार हनन भएको छ । सचेतना बढाउने, समानुभूति बढाउने, र राम्रो स्वास्थ्य सेवा नीतिहरूको वकालत गर्नाले क्यान्सर बिरामीहरूको लागि थप सहयोगी वातावरण सिर्जना गर्न मद्दत गर्न सकिनेछ ।

डा. पोखरेलले भनिन्, ‘मैले क्यान्सरलाई जितेको एक वर्ष पूरा हुँदै छ । बितेको एक वर्ष क्यान्सर विरुद्ध लडाइको शक्तिशाली गतिशिल र गहिरो व्याक्तिगत कथा बन्यो । परमेश्वरको अगब्य प्रेम डक्टरहरुको अदभूत सेवा परिवारको अथाह प्रेम र आफै भित्रको मजबुद् आत्मवलले संघर्षहरु पार गर्दै जीवनलाई पून निर्माण गरेर बिजय भएको एक वर्ष भएछ ।’ उनले आफ्नो कहाली लाग्दोे कथामा आशंका निराशा र अनिश्चतताले चिन्ह लगाएको र बाटोमा सिकेका पाठहरु सेयर गरिन् । ‘मैले भोगेका नमिठा दिन आउने दिनमा अझ सुनाउदा । मेरो यो दुखद यात्राको माध्यमबाट अरु धेरै समाजमा पीडा बोकेर बस्नुहुने क्यान्सर पीडीतलाई यसको डरमा नबस्न र यसलाई जीतेर पूर्नजीवन जीउन प्रेरणा दिनेछु ।’

राजनीतिक कर्मी र सामाजिक कार्यकता समेत रहेकी डा. पोखरेलले क्यान्सरलाई हराएर आफूले जीतेको ज्वलन्त उदाहरणबाट अरुलाई प्रेरणा दिन चाहेको बताइन । ‘क्यान्सर आफैमा मृत्यु होइन्, यसको उपचार हुन्छ । क्यान्सर भएका विरामीहरुलाई नकरात्मक सोच र विभेद नगरी परिवार समाज र राज्यवाट सबै किसिमको साथ र सहयोग गर्ने हो भने यसको उपचार हुन्छ र क्यासरलाई हराउँदै नयाँ जीवन पाउन सक्छन । क्यान्सरका बिरामीहरूको उपचारमा हुने विभेदका विरुद्ध तपाईँहरूको पनि सहयोग र समर्थन हुनेमा म विश्वस्त हुनेछु ।’ उनले भनिन् ।

उनले सुनाइन्, ‘जसरी सती प्रथामा नेपाली महिलाहरु जिउदै जली रहेका थिए आजभोली क्यान्सरबाट पीडीत महिलाहरु हरेक दिन परिवार र समाजले दिने मानसिक तनाब सरकारी र प्राइभेट अस्पतालको पीडीतहरु माथीको व्यापार सरकार जिम्बेवार विहीन व्यावास्याको शिकार भएर हरेक दिन जलीरहेका छन् ।’

सती प्रथाको ऐतिहासिक प्रथा र क्यान्सर पीडित नेपाली महिलाहरूले सामना गर्नुपरेको वर्तमान मानसिक तनाव बीचको तपाईंको तुलना शक्तिशाली रहेको उनले सुनाइन् । ‘उनीहरूका लागि वकालत गर्न, तपाईंले परिवार र समाजमा उनीहरूले बोक्ने भावनात्मक बोझको बारेमा जागरूकता बढाउनमा ध्यान केन्द्रित गर्न सक्नुहुन्छ ।’ दयालु र किफायती उपचार विकल्पहरूको आवश्यकतालाई जोड दिँदै, स्वास्थ्य सेवासँग सम्बन्धित चुनौतीहरूलाई सम्बोधन गरी सरकारी र निजी समर्थनको लागि क्यान्सर पीडितहरूको कल्याणलाई प्राथमिकता दिने नीतिहरू आग्रह गर्दै, स्वास्थ्य सेवामा थप समानुभूतिपूर्ण दृष्टिकोण सुनिश्चित गर्नु पर्ने कुरामा जोड दिइन् ।

क्यान्सर दिवसको अवसरमा Closing the Cancer Care Gap विषयक अन्तरक्रियात्मक कार्यक्रम पनि आयोजना गरिएको थियो किशोरीहरु र सम्पूर्ण सोकारवाला निकायहरु टोखा नगरपालिका जनप्रतिनिधि १० का सम्पूर्ण जनप्रतिनिधि लगायत स्वास्थ शाखा विभागका कर्माचारीहरु मनोहर माविको शिक्षक शिक्षिकाहरु यस विश्व क्यान्सर दिवसको अवसरमा सम्पुर्ण क्यान्सर रोगीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै ‘हार नमान्नुहोस् । एकपटक तपाईंले आशा रोज्नुभयो भने, जे पनि सम्भव छ । क्यान्सर निको हुन्छ, ’ कार्यकममा यस्तै जानकारी गराइयो ।

बाँकी दिनहरू क्यान्सरका विरुद्ध नियमित रूपमा हातेमाले गर्दै क्यान्सर पीडीतहरुले समाजमा भोगेका पीडाका बारेमा जनचेतना फैलाउँदै जाने बारेमा कार्यक्रममा प्रष्ट पारियो ।

प्रतिक्रिया