माओवादी सुदूरपश्चिम संसदीय दल नेताबाट हटाइए खगराज, मानबहादुर चयन

काठमाडौं । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलले संसदीय दलका नेता खगराज भट्टलाई हटाएको छ । ११ जना सदस्य रहेको माओवादीको सुदूरपश्चिम प्रदेश संसदीय दलले बहुमतबाट भट्टलाई हटाउने निर्णय भएको हो । बहुमत सदस्यहरूले यसअघि प्रमुख सचेतक रहेका मानबहादुर धामीलाई संसदीय दलको नेता चयन गरेको सांसद ओमविक्रम भाटले बताए ।

भट्टलाई संसदीय दल नेतामा हटाउने निर्णयमा संसदीय दलका उपनेता अक्कलबहादुर रावल, मानबहादुर धामी, शिवसिंह ओली, ओमविक्रम भाट, लक्ष्मी बिक र गीतादेवी मालले हस्ताक्षर गरेका गरेका छन् ।

उनीहरूले संसदीय दल नेता परिवर्तन गरेको जानकारी सुदूरपश्चिम प्रदेश सभा सचिवालयलाई पनि जानकारी गराइसकेका छन् ।भट्टको भूमिकालाई लिएर यसअघि नै सुदूरपश्चिम माओवादीका अधिकांश सांसदहरूले अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग गुनासो गरेका थिए ।

प्रतिक्रिया