चिसाे बढेपछि रौतहटका विद्यालयहरूमा विदा

रौतहट । तराईका जिल्लाहरुमा पछिलो केही दिन देखि चलेको सितलहर संगै चिसो बढे पछि रौतहटको सामुदायिक विद्यालयहरु धमाधम बन्द हुन थालेको छ । शिक्षा समन्वय ईकाई रौतहटका प्रमुख रामाबिनय कुमार सिंहले आईतवार सूचना जारीगर्दै सामुदायिक विद्यालयले बिदा दिनुपर्ने निर्देशन दिएपछि सोमबार देखि दर्जनौं विद्यालयमा बिदाको सूचना जारी गरिएको छ ।

यसैबीच जिल्लाको देवाही गोनाही नगरपालिकाको धरहरी स्थित रहेको श्री जय किसान नमुना माविले तीन दिनका लागि विद्यालयमा बिदा दिएको छ ।

त्यसै गरी जिल्लाको अधिकांस विद्यालयले छुट्टाछुट्टै सूचना जारी गर्दै तिन देखि ५ दिन सम्मको बिदा दिएको शिक्षा समन्वय ईकाई रौतहटले जनाएको छ ।
यता कटहरियाको जनता मावि, फतुवा विजयपुर लगायतका पालिकामा पनि विद्यालयले चिसो बढेको उल्लेख गर्दै बिदा दिएको छ ।

विद्यालयहरुले एक सूचना जारिगर्दै वर्षे बिदा बाट कट्टा हुनेगरी मंगलबार देखि विहिबार २६ गतेसम्म तीन दिन विद्यालयमा बिदा दिएको छ ।

प्रतिक्रिया