कलैया उपमहानगरपालिकाको बाह्रौँ नगरसभा सुरु

बारा । बाराको कलैया उपमहानगरपालिकाको बाह्रौं नगर सभा शुरु भएको छ । सदरमुकाम कलैयास्थित कारण राज पार्टी प्यालेशको सभा हलमा नगर सभाको नगरप्रमुख बिनोद साह र नगर उपप्रमुख रौशन परविनले संयुक्त रुपमामा पानसमा बति बालेर उदघाटन गरे । ‘शैक्षिक, प्रशासनिक, पर्यटकिय शहर स्वच्छ सम्मुनत कलैया नगर, कृषि र पुर्वाधार समृद्ध कलैयाको आधार’ भन्ने नाराका साथ बाह्रौँ नगरसभा सुरु भएको हाे ।

हिउँदे अधिवेशनमा बोल्दै नगरप्रमुख बिनोद साहले कलैया उपमहानगरपालिकाको प्राथमिकतामा शिक्षा, स्वास्थ्य र कृषि रहेको र सोही अनुसार उपमहानगरले अहिले काम गरिरहेको बताए । कलैया उपमहानगरपालिकाको विकासको लागि कसैले एक्लै केहि गर्न नसक्ने भएकोले सबैले हातेमालो गरेर कलैया उपमहानगरपालिकालाई विकासको गति तीर उन्मुख गर्न आग्रह गरे । नगरप्रमुख साहले कलैयाको सडक फराकिलो बनाउदा आईरहेको अवरुद्धलाई हटाउन सबै जनप्रतिनिधि मिलेर अगाडी बढ्नु पर्ने बताए ।

प्रमुख प्रशासकीय अधिकृत नाथु साहले स्वागत मन्तब्य दिंदै नगरसभा हिउँदे नगर सभा भएको बताए । यसमा आवस्यक नीति निर्माणका लागि यो अधिवेशन गरिएको बताए । आवस्यक तीन वटा बिधेक पास गरिने समेत बताए । असारमा पारित भएको नीति तथा कार्यक्रममा थप घट गर्नुपर्ने योजनाहरुलाई थप घट गर्न यो सभाले आवस्यक कदम चाल्ने र सोही बमोजिम अगाडी बढ्ने बताए ।

कलैया उपमहानगरपालिकाको बाह्रौँ हिउदो अधिवेशनमा कलैया उपमहानगरपालिकाकी नगर उपप्रमुख रौशन परविनले नीति तथा कार्यक्रम बारे प्रस्तुत गरेकी थिईन । उनले कलैया उपमहानगरपालिकाले आन्तरिक राजश्व प्राप्त वडा कार्यालय र कर शाखा बाट चार करोड चौबिस लाख पाँच हजार नाै सय पैतिस रुपैयाँ राजश्व अहिलेसम्म चालु आर्थिक बर्ष उपमहानगरमा आएको बताईन । त्यस्तै उनले आर्थिक बर्ष ०८०/०८१ को मङ्सिर सम्म १५० वटा कृषक समूह गठन गरिएको र ५० प्रतिशत अनुदानमा १२०० जना कृषकलाई गहुँको बिउ वितरण गरिएको बताईन ।

कलैया उपमहानगरपालिकाको बाह्रौँ हिउदे अधिवेशन तिन दिन सम्म चल्ने प्रमुख प्रशासकीय अधिकृत नाथु साहले बताए । यस नगर सभा बाट नगर प्रहरी विधयेक पास हुने समेत साहले बताए । उक्त हिउदे अधिवेशनमा नगर सभा सदस्य र कार्यापालिका सदस्यहरुल आपनो राय प्रस्तुत गरेको थियो ।

प्रतिक्रिया