काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हुम्लाका आगलागी पीडितलाई आवश्यक राहत स्वरूप खाद्यान्न सामग्रीलगायत लत्ता कपडा वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत हुम्लाको सर्केगाड गाँउपालिका–३ उनापानीमा १ असारमा भएको आगलागीमा पीडित भएका परिवारलाई सानै भए तापनि सहयोग गर्न पाउँदा पीडितहरूको दिनचर्यामा केही दिनका लागि भए पनि सहजता आउने विश्वास बैंकले लिएको छ ।
पीडितहरूलाई राहत वितरण कार्यक्रममा बैंकका कर्णाली प्रदेश सर्केगाड शाखाका शाखा प्रमुखलगायत अन्य कर्मचारीहरू तथा टोलका समाजसेवी बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो । वितरण गरिएको खाद्यान्न सामग्रीमा चामल, दाल, आलु, तेल र अन्य सामग्री एवं लत्ताकपडाहरूमा कुकर, डाडु तथा पिठो रहेको छ ।
प्रतिक्रिया