काठमाडौँ । मन्जुश्री फाइनान्सले आफ्नो वीरगन्ज शाखामार्फत आरएम केडिया आँखा अस्पताल, वीरगन्जलाई २ थान एसी हस्तान्तरण गरेको छ । मन्जुश्रीले सामाजिक उत्तरदायित्वअन्तर्गत २ थान एसी हस्तान्तरण गरेको हो ।
विगत ५ दशकदेखि सर्वसाधारणलाई सेवा पुर्याउँदै आइरहेको केडिया आँखा अस्पताल नेपाल नेत्र ज्योति संघको नेतृत्वमा चल्दै आएको छ । सुरुआतमा ५ ओटा बेडबाट सुरु भएको अस्पताल हाल १७५ बेडमार्फत बिरामीहरूलाई सेवा पुर्याउँदै आइरहेको छ । प्रतिक्षालयमा रहने बिरामी तथा कुरुवाको सहजतालाई मध्यनजर राख्दै मन्जुश्री फाइनान्सले आरएम केडिया अस्पताललाई एसी सहयोग गरेको हो ।
प्रतिक्रिया