साना किसान कृषि सहकारी संस्था गुजराको अध्यक्षमा धर्मेन्द्र धामी

रौतहट । रौतहटको गुजरा नगरपालीका– १ रंगपुरमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड रंगपुरको २५औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार भएको साधारण सभाबाट साना किसान कृषि सहकारी संस्था सञ्चालक समितिको अध्यक्षमा धर्मेन्द्र धामीलाई चयन गरिएको छ । ग

ठित समितिको उपाध्यक्षमा तारा दहाललाइ चयन गरिएको छ भने सञ्चालक समितिको सदस्यहरुमा भैरव खाँ थारु, रामनाथ चौधरी, सुमित्रा देवी सापकोटा, गोमा आर्चाय, धनमाया घिसिङ, चन्दाकुमारी चौधरी, रामटहल चौधरी रहेका छन् ।

त्यस्तै सदस्यहरुमा रामपृत चौधरी, आलोकी बण्ठा समेत ११ सदसीय समिति गठन गरिएको छ । यसैगरी लेखा समितिको संयोजकमा पर्वता पहाडी लाइ चयन गरिएको छ । जसको सदस्यहरुमा सान्ता देवी सापकोटा, पुनम कुमारी चौधरी रहेकी छन् ।

कार्यक्रममा गुजरा नगरपालिकाका नगरप्रमुख सन्तलाल चौधरी प्रमुख अतिथिको रुपमा रहेका थिए । कार्यक्रममा बोल्दै नगरप्रमुख चौधरीले साना किसान कृषि सहकारीले यस क्षेत्रमा रहेका स–साना किसानहरुको पुँजीलाई संकलन गरि उनीहरुको जिवनस्तर सुधार गर्नमा महत्वपूर्ण भूमिका खेलिरहेको भन्दै प्रशंसा गरेका थिए ।

संस्थाकी प्रबन्धक कृष्ण कुमारी खड्काको स्वागत मन्तब्यवाट सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका मुख्य प्रबन्धक करपुरीलाल बण्ठाले गरेका थिए ।

किसानहरुलाइ सहयोग गर्ने मुख्य उद्देश्यका साथ २०५४ सालमा स्थापना भएको सो सहकारीमा हाल १ हजार ६ सय ८५ जना शेयर सदस्यहरु रहेका छन् भने २ करोड ६२ लाख शेयरपुँजी रहेको छ । संस्थाले आर्थिक वर्ष २०७९–८० मा ७१ लाख २८ हजार खुद नाफा कमाएको छ ।

संस्थाको गुजरा नगरपालिकाको वडा नम्बर १, २, ५ र ७ कार्यक्षेत्र रहेको छ । संस्थाले रंगपुर, मैढा, कोठियार, ठूलो मनहरवा, पूर्नि मनहरवालगायतका गाउँहरुमा रंगपुरमा कार्यालय स्थापना गरी सेवा दिदै आएको छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष धामीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखा संयोजक रामपृत चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया