महोत्तरीमा सालनालसहितको मृत शिशु फेला

महोत्तरी । महोत्तरीमा सालनालसहितको मृत शिशु फेला परेको छ । शुक्रबार बिहान ८ बजे महोत्तरीको सोनामा गाउँपालिका–३ स्थित मरहा खोलाबाट सालनालसहितको मृत शिशु फेला परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गौशालाबाट प्रहरी निरीक्षक मनोज यादव नेतृत्वको टोलीले मृत अवस्थामा शिशु फेला पारेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।

उनका अनुसार घटनास्थलमा पुगेको प्रहरी टोलीले मुचुल्का गरी मृत शिशुको पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको बताइएको छ ।

ममता विश्वकर्मा

महाेत्तरी

प्रतिक्रिया