सनातन हिन्दू धर्म खतरामा छ, सचेत रहौँ : नगरप्रमुख यादव

बारा । महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवले सनातन हिन्दू धर्म खतरामा रहेको बताएका छ्न् । शुक्रबार बाराको कलैयास्तिथ सिदेश्वर महादेव मन्दिरको प्रांगणमा बोल बम कावर संघ बाराद्वारा आयोजित ५२औँ वार्षिकोत्सवमा अग्रजहरूको सम्मान कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उनले उक्त कुरा बताएका हुन् ।

उनले मधेसमा कम तर पहाडका गरिब तथा निमुखा जनतालाई पैसाको प्रलोभन देखाई खास गरी क्रिश्चियनहरू हिन्दू धर्म परिवर्तन गराउन लागेकोमा त्यसबाट सचेत रहन आग्रह समेत गरे । हिन्दू धर्मको रक्षाको लागि आफू हर बखत तयार रहेकोसमेत उनले बताए ।

सिदेश्वर संस्कृत विद्यालयको संरक्षकमा लाग्न उहाले सबैलाई अनुरोध समेत गरे । साथै १३७ बिघा जग्गा रहेको यस सिदेश्वर माविमा सबै जना मिलेर विकासको मुल फुटाउने काम गर्न सबैलाई आग्रहसमेत गरेका थिए । उक्त कार्यक्रममा समाजसेवी तथा बोल बम कावर संघका वरिष्ठ सल्लाहकार जंगबहादुर प्रसाद यादवले बोल बमबाट समाजमा संस्कार संस्कृती र मानव समाजमा धेरै ठूलो बदलाव आएको बताए ।

हामी स–साना हुँदा जुन किसिमको समाजमा विकृति थियो त्यसलाई चिर्न यसले निकै ठूलो भूमिका खेलेको उनले जिकिर गरे । उक्त कार्यक्रममा उद्योग वाणिज्य महासंघ बाराका सचिव राम आशिष साह, कलैया उपमहानगरपालिका– ३ का वडाध्यक्ष मोहन साह कानु, १ वाडाका वडाध्यक्ष मोहनबहादुर क्षेत्रीलगायकाले बोल बमको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।

उक्त कार्यक्रममा संस्थापक सिताराम नेपालीको धर्मपत्नी मोहिनी देवी, संस्थापक अध्यक्ष कपिलकुमार श्रेष्ठकी धर्मपत्नी गंगामाया श्रेष्ठ र संस्थापक सदस्य काशीनाथ वैद्यकी धर्मपत्नी सवित्री देवीलाई कदरपत्र तथा दोसल्लाद्वारा सम्मानित गरिएको थियो ।

कार्यक्रममा नगरप्रमुख यादवले १ लाख ५ हजार र ३ नम्बर वाडका वडाध्यक्षले १ लाख ५ हजार बोल बमको विकास तथा संरक्षणको लागि दिने घोषणासमेत गरेका थिए । कर्दम श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य निरज नेपाली तथा कार्यक्रम सञ्चालन अजय साहले गरेका थिए ।

प्रतिक्रिया