म्याद थपको लागि ल्याइएका एक आरोपित हतकडीसहित सिरहाबाट फरार

सिरहा । म्याद थपको लागि ल्याइएका एक आरोपित हतकडीसहित सिरहाबाट फरार भएका छन् । बाल यौन दुर्व्यवहारको आरोपमा पक्राउ गरी म्याद थपका लागि ल्याइएको छोटु सदा मुसहर जिल्ला सरकारी वकिलको कार्यालय सिरहा अगाडिबाट हतकडीसहित फरार भएका हुन् ।

बाल यौन दुर्व्यहारको आरोपमा पक्राउ परेका मुसहर जिल्ला सरकारी वकिलको कार्यालयमा प्रहरीको भ्यानबाट झर्ने क्रममा भागेको प्रहरीले जनाएको छ । बाल यौन दुर्व्यवहारको आरोपमा सदालाई बिहीबार इलाका प्रहरी कार्यालय लहानले पक्राउ गरी हिरासतमा राखेको थियो ।

शुक्रबार दिउँसो करिब ३ बजे म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालय सिरहा पुर्याइएको थियो । प्रहरीको भ्यानबाट तल ओराल्ने क्रममा सदा हतकडीसहित भागेपछि उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया