सप्तरीबाट सशस्त्र प्रहरीले बरामद गर्याे २ सय ४० किलो गाँजा

सिरहा । सप्तरीबाट सशस्त्र प्रहरी बलले २ सय ४० किलो गाँजा बरामद गरेको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका- ८ कोशीपलारबाट बिहीबार दिउसो सशस्त्र प्रहरीले दुई सय चालिस किलो गाँजा बरामद गरेको हाे ।

विशेष सूचनाको आधारमा बिओपी बरसाईनबाट खटिएको टोली हनुमाननगर कंकालिनी नगरपालिका–८ कोशी पलारबाट उक्त गाँजा बरामद गरेको हो । आठ वटा बोरामा प्याक गरिएको अवस्थामा बरामद गरिएको उक्त गाँजा थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

यस्तै, यसैगरी पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीकै कञ्चनरुप नगरपालिका २ बरमझिया बाट बुधबार सशस्त्र प्रहरीले ५ किलो ३०० ग्राम गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल दन्तकाली बिषेश तालिम शिक्षालय सप्तरीले मोटरसाइकलमा आउदै गरेका उदयपुरको बेलका नगरपालिका ६ बस्ने १८ बर्षिय भोजकुमार राईलाई जाँच गर्ने क्रममा झोलाभित्र प्लाष्टिकमा प्याक गरिएको ५ वटा गाँजाको प्याकेट फेला परेपछि उनलाई नियन्त्रणमा लिएको हो बरामद गाँजा तथा नियन्त्रणमा लिईएका राईलाइ आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया