नेपाली कम्युनिस्ट आन्दोलनको अगुवा ठान्ने एमाओवादीले हेटौँडाबाट नीतिगत रूपमा आफूलाई परिवर्तन गर्‍यो अब यसले आना कार्यकर्ताको मानसिकता कसरी परिवर्तन गर्ला ?

कार्यकर्ताले आफ्नो विरुद्धमा लाग्छन भनेर एमाओवादीका केही नेताहरूले उत्पादन कार्यमा लगाउने भनेका छन् । यसले कार्यकर्तालाई भ्रम छर्ने काम मात्र गरेको छ । कार्यकर्तालाई विसर्जन गराउनको लागि उत्पादन गनेर नयाँ नीति ल्याएको हो । बास्तवमा उसले फेरि पनि भृकुटीमण्डपमा जस्तो नेतामाथि कुर्सी हान्छन् भनेर यस्तो गर्न थालेका हो । तर, यसले केही कार्यकर्तालाई फाइदा पुगेपछि वास्तविक कार्यकर्तालाई भुलाउने खेल मात्र हो । आफ्नो विरुद्धमा कार्यकर्ता नखनिउन भनेर प्रचण्डले चालबाजी गरेका हुन् । कार्यकर्तालाई अब क्रान्ति सम्भव छैन भनेर कार्यकर्ता तह लगाउन यसो गरेको हो । तर, जो देशका लागि लडे तिनीहरूलाई भने नेताहरूले भुलभुलैयामा पार्ने मात्र काम गरेका छन् । कार्यकर्ताको मानसिकता अझै पनि प्रचण्डले केही गर्छन् भन्ने थियो । त्यो पनि हराएको छ ।

प्रतिक्रिया