पाँचथर । फिदिम माविमा अध्ययनरत तीन जना छात्रालाई पूर्वन्यायाधीश भिमकुमार ओझाले छात्रावृत्ति प्रधान गरेका छन् । सो माविमा अध्ययनरत कक्षा १० कि निलम मगर, कक्षा ११ कि समिक्षा आङदेम्बे, कक्षा १२ कि आयुशा पाँचकोटीले जनही १० हजार रुपैयाँका दरले छात्रवृत्ति पाएका छन् ।
उक्त विद्यालयमा विज्ञान इञ्जिनियरिङ पढ्ने जेहेनदार छात्राका लागि छात्रवृत्ति दिइँदै आइरहेको विद्यालयले जनाएको छ । सो छात्रवृत्ति दिन उच्च अदालत पाटनका पूर्वन्यायाधीश भिमकुमार ओझाले आफ्ना माता–पिताको नाममा रु ५ लाख राशीको स्वर्गीय हरिभक्त गंगा माया र वसुन्धरा ओझाको अक्षय कोष स्थापना गरेका थिए ।
उक्त कोषको ब्याजबाट छात्रावृत्ति विरण गरिँदै आएको विद्यालयका प्रधानाध्यापक बिनोदकुमार ठाकुरले जानकारी दिए । सो छात्रावृत्ति वितरण समारोह फिदिम नगरपालिकाका उपप्रमुख राधाकृष्ण न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
प्रतिक्रिया