हामीले यस्ता प्रश्न बारम्बार उठाइरहेका छौँ । वास्तवमै नेपाल टेलिकम नाफामुखी भए पनि गुणस्तर सेवा उपभोक्ता माझ पुर्याउन सकेको छैन । पैसा तिरेपछि गुणस्तर सेवा पाउनु उपभोक्ताको अधिकार हो । नेपाल टेलिकम ग्राहक बढाउने काम मात्र गरेको छ । काठमाडौं उपत्यकामै नेटवर्कको समस्या छ भने उपत्यका बाहिर त समस्या विकारल रूप छ ।
रिजार्जकार्ड खरिद गर्दा नम्बर कोत्रने तथा रिजार्ज नै नहुने समस्या पनि देखिने गर्छ । टेलिकम निजी कम्पनीभन्दा धेरै अगाडि स्थापना भए पनि यसले दिइरहेको सेवाप्रति उपभोक्ता सन्तुष्ट छैनन् । विभिन्न उपकरण खरिद गर्दा कमिसनको खेलका कारण सेवामा गुणस्तर नभएको हो । अगुणस्तरीय उपकरण खरिद गर्ने र सो टिकाउन नहुनाले पनि यस्तो समस्या देखिएको हो । जुन सुकै क्षेत्रमा पनि सरकारी कम्पनीहरूलाई निजीले उछिनिसकेको छ । ग्राहक बढाउनुभन्दा पनि भइरहेको ग्राहकलाई सेवामा गुणस्तर दिनुपर्छ ।
प्रतिक्रिया