काठमाडौं । कुमारी बैंक लिमिटेडले जुम्लाको चन्दननाथ नगरपालिका–६ मा नयाँ शाखा सञ्चालनमा ल्याएकोे छ । बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रूपमा बैंकिङ सेवा पुर्याउने उद्देश्यले शाखा विस्तार गरेको हो ।
बैंकले आगामी दिनमा थप शाखा विस्तार गरेर आधुनिक बैंकिङ सेवा पुर्याउने योजना बनाएको छ । २२ वर्षदेखि सेवा दिँदै आएको बैंकका ३०९ शाखा, ३१५ एटीएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखारहित बैंकिङ एकाइ छन् ।
प्रतिक्रिया