काठमाडौं । दुई वर्षमा बनाइने नाटकका सात निर्देशकको नाम सार्वजनिक गरिएको छ । मण्डला थिएटरले सन् २०२४/२०२५ मा मञ्चन गरिने नाटक तयारीका लागि निर्देशकको नाम मण्डलाले घोषणा गरेको हो । मण्डलाले निर्देशक अनुप बराल, केदार श्रेष्ठ, पशुपति राई, नाजिर हुसेन, प्रविण खतिवडा, अनिल सुब्बालाई छनोट गरेको हो । उनीहरू सबै मण्डलामा नाटक देखाइरहेका निर्देशक हुन् । अभिनेता नाजिर हुसेन मण्डला थिएटरको बोर्ड सदस्यसमेत हुन् । बाँकी सबै बोर्डबाहिरका रहेका छन् ।
मण्डला थिएटरका सचिव तथा कलाकार विजय बरालले निर्देशकको नाटकको नाम र प्रदर्शन हुने समय २० दिनपछि सार्वजनिक गरिने जानकारी दिए । उनले भने, ‘निर्देशकको इच्छा र डिजाइन अनुसारका नाटक बन्नेछ । आर्थिक पाटो भने मण्डलाले नै व्यहोर्नेछ ।’ उनले मण्डलाले हरेक वर्ष यस्तै नयाँ–नयाँ कामहरू गर्दै आएको सुनाए । बरालले भने, ‘समूह मिलेर काम गर्दाको राम्रो नतिजा देखिएकाले त्यसलाई निरन्तरता दिन लागेका हौं ।’ उनले मण्डलाले नाटक निर्देशकको संख्या सातबाट बढेर करिब १५ जनासम्म पुग्नसक्ने बताए । उनका अनुसार त्यसको छनोट भने अझै हुन बाँकी छ ।
प्रतिक्रिया