रुकुम पश्चिम । चिसोका कारण जाजरकोटमा दुईजना वृद्धको ज्यान गएको छ । भूकम्पबाट घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्की र बारेकोट गाउँपालिका–४ जिरीका नरेन्द्रबहादुर सिंहको चिसोका कारण मृत्यु भएको हो ।
स्थानीयका अनुसार कार्की र सिंह दुवै दमका रोगी थिए । कार्कीको मंगलबार र सिंहको बुधबार ज्यान गएको स्थानीयले बताएका छन् । भूकम्पपछि घर बस्न नमिल्ने भएपछि जाजरकोटका ३४ हजारभन्दा बढी परिवार त्रिपालमुनि बस्दै आएका छन् ।
त्रिपालको बसाईले बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वास सम्बन्धी समस्या देखिन थालेको छ । यसअघि गत साता नलगाड–४ मा चिसोका कारण दुई जना दीर्घरोगीको ज्यान गएको थियो ।
रुकुम पश्चिम
प्रतिक्रिया