बोट पल्टिएर फेवातालमा फसेका ७ जनाको सकुशल उद्धार

काठमाडौं । आज बिहीबार कास्की जिल्लाको पोखरा महानगरपालिका–६ लेकसाईडस्थित फेवातालमा हावाहुरीका कारण स्टयाण्डिङ डबल प्याडल बोट पल्टिएर तालमा फसेका ७ जनाको नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ ।

बोटिङ गरिरहेको अवस्थामा एक्कासी आएको हावाहुरीका कारण बोट तालको बिच भागमा पल्टिँदा भारत घर बताउने २५ वर्षीय सोनु वर्मा, २२ वर्षीया नेहा शेखावत, २१ वर्षीय अरुण चौधरी, २४ वर्षीय पुनम चौधरी, २५ वर्षीय प्रविण दिक्षित, २४ वर्षीय श्याम प्रजापती र पोखराको गुरुङ गाउँ बस्ने नेन्दबहादुर गुरुङ फेवातालमा फसेका थिए ।

सो लगत्तै उनीहरुको उद्धारको लागि सशस्त्र प्रहरी बल नेपाल नं।२४ कालिका गण कास्कीबाट फेवाताल रेस्क्यु टावरमा तैनाथ गोताखोरसहितको सुरक्षा फौज खटिएको थियो ।

उनीहरुको उद्धारपछि नन्दबहादुर गुरुङको स्वास्थ्यमा समस्या देखिएपछि उपचारको लागि गण्डकी मेडिकल कलेजतर्फ पठाइएको छ भने अन्य ६ जनाको अवस्था सामान्य रहेको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया