मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाकालाई आगामी दुई वर्षभित्र बालमैत्री स्थानीय नगर घोषण गरिने भएको छ । बिहीबार सञ्चाल भएको बालमैत्री स्थानीय शासनसम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रममा बोल्दै छयाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामले छायाँनाथ रारा नगरपालिकालाई आगामी दुई वर्षभित्र बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
छायाँनाथ रारा नगरपालिकालाई बालमैत्री स्थानीय शासन घोषणकाका लागि पूर्वतयारीका लागि चैत २४ गतेको कार्यपालिकामा निर्णय भइसकेकाले त्यसै अनुरुप तयारीका चरणमा लाग्न अध्यक्षलाई नगरप्रमुख भामले आग्रह गरेका छन् ।
छायाँनाथ रारा नगरपालिकाको आयोजनामा र युनिसेफ नेपालको आर्थिक सहयोगमा सञ्चालित एक दिने अभिमुखिकरण कार्यक्रममा बालबालिकामा लगानी किन बालमैत्री स्थानीय शासनको अवधारण बालमैत्री स्थानीय शासनको संस्थागत संरचना लगायत बालमैत्री स्थानीय शासन घोषणका ५१ वटा सुचक लगायत बालबालिको बस्तुस्तिथी लगायतका बारेमा जानकारी गराइएको थियो ।
नेपाल सरकारको सन २०८७ भित्र सम्पूर्ण स्थानीय तहलाई बालमैत्री स्थानीय पालिका घोषण गर्ने लक्ष्य अनु्सार कार्यक्रमको सुरुवाती गरीएको छायाँनाथ रारा नगरपालिकाले जनाएको छ । बालमैत्री स्थानीय शासन घोषणका लागि ५१ वटा सुचक निर्धारण गरिएका भए पनि केही सुचक यसभन्दा पहिलानै पुूरा भएकाले केही नपुगेका सुचक आगामी दुई वर्षभित्र पूरा गरी घोषण गरिने नगरप्रमुख भामको भनाई छ ।
भौतिक पूर्वाधारका योजनालाई मात्र प्रथामिकता नदिई सामाजिक विकास बालबालिकामा लगानी हुने जस्ता कार्यक्रम सञचाल गरी नगर घोषण कार्यक्रमलाई पूर्णता दिने नगरप्रमुख भामले बताए । विकास भन्ने भौतिक पूर्वाधारलाई मात्र ठानेकाले अब समाजिक विकासमा जोड दिने जनप्रनिधिको धनाइ छ ।
बालमैत्री स्थानीय शासन अभिमुखिकरण कार्यक्रममा नगरप्रमुख भाम, नगर उपप्रमुख एश्वर्या मल्ल, प्रमुख प्रशासकिय अधिकृत सूर्यप्रसाद गौतम, १ देखि १४ नम्बरका वडा अध्यक्ष, विषयगत शाखा प्रमुख बालकल्बका प्रतिनिधिको उपस्थिती रहेको थियो ।कार्यक्रमको सहजिकरण महिला शाखा प्रमुख बसन्ता खनाल, प्रमुख प्रशासकिय अधिकृत सूर्यप्रसाद गौतम र पत्रकार नन्दबहादुर रोकायाले गरेका थिए ।
प्रतिक्रिया