प्रियंका र आकाशको रोमान्स

काठमाडौं । गायक राजेश बर्देवा र गायिका प्रिती आलेको स्वर रहेको नयाँ गीत ‘उमेर सत्र भयो खत्रा’ सार्वजनिक भएको छ । प्रतिभा शर्माको शब्द तथा प्रिय कुमारको संगीत रहेको गीतको एरेन्ज केशव बडुले गरेका हुन् ।
गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्की र अभिनेता आकाश श्रेष्ठको अभिनय छ ।

निकै तामझामसहित रेस्टुरेन्टको माहोलमा तयार पारिएको भिडियोमा प्रियंका र आकाशको नृत्य आकर्षक छ । उत्सव विष्टको निर्माण र न्यु लक्ष्मी ज्वेलर्स युकेको निर्माण सहकार्य रहेको भिडियो गीतले १७ वर्षको उमेर युवतीले आफ्नो जोवन सम्हाल्नुपर्ने, यो समय अनेक खतराको सामना गर्नुपर्ने र त्यो सामाना गर्न नसके जीवनै संकटमा पर्ने सन्देश समेटेको छ ।

गम्भिर विष्टको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन र प्रविन भट्टको सम्पादन छ । भिडियो गायक बर्देवाको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । गीतले दर्शक स्रोताले मनपराउने अपेक्षा आफूले गरेको गायक बर्देवाले बताए । आगामी दिनमा पनि योभन्दा राम्रो गीत संगीत दिने आफ्नो योजना रहेको उनले सुनाए ।

प्रतिक्रिया