आइएमई र अस्ट्र टेकको बोटिम टेक्नोलोजीबीच सम्झौता

काठमाडौं । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमई र मध्यपूर्व लगायत १५५ देशहरुमा सन्चालनमा रहेको अस्ट्र टेकबीच सम्झौता भएको छ । प्रवर्दित बोटिम अल्ट्रा एप मार्फत नेपालमा रकम पठाउन र डिजिटल रेमिटेन्स सेवा प्रवर्द्धन गर्ने यो समझदारी भएको हो ।

सम्झौता अनुसार युएईको केन्द्रीय बैंकबाट इजाजत पत्र प्राप्त बोटिम अल्ट्रा एप मार्फत आइएमईको डिजिटल वालेट आइएमई पेमा सोझै रकम पठाउन सकिने गरि डिजिटल रेमिटेन्सलाई प्रर्वद्धन गर्न दुवै पक्षले सहकार्य गर्नेछन् । यस रणनीतिक सहकार्य मार्फत डिजिटल वित्तीय समावेशितालाई थप प्रर्वद्धन गर्दै कारोबारको डिजिटल रुपान्तरणमा ठुलो सहयोग पुग्ने जनाइएको छ ।

आइएमईका सेवाग्राहिहरूलाई अत्याधुनिक सूचना प्रविधिमा आधारित वित्तीय सेवा प्रदान गर्ने आइएमईको उद्देश्य हासिल गर्न सहयोग पुग्ने पनि आइएमईका प्रमुख कार्यकारी अधिकृत पौडेलले उल्लेख गरे । त्यस्तै, अस्ट्र टेकका प्रमुख व्यापार अधिकृत मार्क मिशेलले आइएमई नेपालसँगको साझेदारीबाट उत्साहित रहेको बताए । वित्तीय सेवालाई सबैका लागि थप पहुँचयोग्य बनाउन महत्त्वपूर्ण कदम रहेको उनले उल्लेख गरे ।

प्रतिक्रिया