ईसेवामा कारोबार गर्दा मोटरसाइकल उपहार 

काठमाडौं । भुक्तानी सञ्चालक ईसेवाले दसैं तिहारलाई मध्यनजर गर्दै ‘इसेवा डिजिटल उत्सव, हर्ष अझै बढ्छ’ अफर सार्वजनिक गरेको छ ।

जसअन्तर्गत ३७.९९ रूपैयाँ खेल खेल्दा तीन लाख ७९ हजार ९०० मूल्यको ‘यामाहा न्यू एफजेडएफआई भर्सन ३.० स्ट्याण्डर्ड’ मोटरसाइकल जित्न सकिनेछ । यसैगरी इसेवामार्फत ३७.९९ रूपैयाँ खेलबाहेक कुनै पनि दुईवटा भिन्न कारोबार गर्दा दुई जनाले ‘यामाहा न्यू एफजेडएफआई भर्सन ३.० स्ट्याण्डर्ड’ मोटरसाइकल जित्न सक्नेछन् ।

कम्पनीका अनुसार इसेवा डिजिटल उत्सव अफरअन्तर्गत इसेवाबाट मोबाइल नम्बर प्रयोग गरी सिधै बैंक खातामा पैसा पठाउँदा १ भाग्यशाली जोडीले दुबई टुर प्याकेज पनि पाउने बताइएको छ । साथमा कात्तिक १ गते इसेवा केअर किन्दा भाग्यशाली १ जनाले १०० गुणा क्यासब्याक पाउने अफर पनि राखेको कम्पनीको भनाइ छ ।

त्यसैगरी, इसेवाबाट जहाजको आन्तरिक उडानको टिकट काट्दा भाग्यशाली ५ जनाले जोडीका लागि होटेलको स्टेकेसन प्याकेज तथा १ जनाले रियलमि ११एक्स५जी पाउनेछन् । त्यसका साथै, इसेवाबाट इन्टरनेट तथा टिभीको बिल भुक्तानी गर्नेले तीन सय रुपैयाँसम्मको क्यासब्याक तथा सीजी डिजिटल को टिभी समेत जित्न सक्नेछन् ।

बसको टिकट काट्ने वा होटेल बुक गर्ने प्रयोगकर्ताले चितवन तथा पोखरामा तीन दिन दुई रातको स्टेकेसन पनि जित्न सक्नेछन् । इसेवामा आवद्ध व्यवसायीले समेत ग्राहकमार्फत क्यू–आर भुक्तानी लिँदा वासिङ मेसिन, एयर फ्रायर, स्याण्डविच मेकरलगायतको उपहार जित्न सक्ने कम्पनीले जनाएको छ । 

प्रतिक्रिया