काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले गत वर्षको नाफाबाट सेयरधनीलाई कर सहित १५८० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । यो हालसम्मको सबै भन्दा धेरै प्रतिफल घोषणा हो ।
कम्पनीको शुक्रबारबसेको सञ्चालक समिति बैठकको निर्णय अनुसार यसले लाभांश प्रयोजनार्थ मंसिर १२ गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । मंसिर ११ सम्म कायम रहने सेयरधनीले मात्र साधारण सभामा सहभागी हुन र लाभांश हात पार्न सक्नेछन् । गत वर्ष यसले कर सहित १२१५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
प्रतिक्रिया