रसुवा । नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा शाखा र कालिका हिमालय एसएलसी २०५६ ब्याचको आयोजनामा भएको खुल्ला रक्तदान कार्यक्रममा एकसय ५ जनाले रक्तदान गरेका छन् । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्य, कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटा, नौकुण्ड गाउँपालिका उपाध्यक्ष चन्द्र तामाङ, नेपाल स्वयंसेवी रक्तदाता रसुवाका सचिव हेमनाथ खतिवडा, उपाध्यक्ष रामशरण गजुरेललगायत स्थानीय तहका वडा अध्यक्ष तथा जनप्रतिनिधिहरू सहभागी थिए ।
शुक्रबार जन्मदिन परेको कालिका गाउँपालिका–२ का संकर न्यौपाने र एकराज खतिवडाको जोडी तथा कालिका गाउँपालिका–५ का समाजसेवी टिकाप्रसाद देवकोटालाइ प्रमुख अतिथि कालिका गाउँपालिका हरिकृष्ण देवकोटा र बिशेष अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले ब्लड ब्याग हस्तान्तरण गरे । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसंचार सेवाका कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।
प्रमुख अतिथी कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटा, उपाध्यक्ष मिरा तामाङ, नौकुण्ड गाउँपालिका उपाध्यक्ष चन्द्रबहादुर तामाङ, तथा वडा अध्यक्षहरूले रक्तदान कार्यक्रम अनुकरणीय काम भएको र आगामी दिनमा निरन्तरता दिन तथा सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए । कार्यक्रम लक्ष्य गरे भन्दा राम्रो भएको स्वास्थ्यकर्मी तथा कालिका हिमालय एसएलसी २०५६ ब्याच सदस्य रामप्रसाद ढकालले बताए । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, पत्रकार, अधिकारकर्मीहरू र स्थानीय सहभागी थिए ।
प्रतिक्रिया