काठमाडौं । नेपाल औषधि उत्पादक संघ (एपोन)को अध्यक्षमा महेश प्रधान विजयी भएका छन् । संघको शुक्रबार सम्पन्न २९औँ वार्षिक साधारण सभाबाट प्रधान ३६ मतसहित अध्यक्षमा विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी विप्लव ढकालले १७ मत पाएका थिए । साधारण सभाले नौ जना नयाँ कार्यसमिति सदस्य समेत चयन गरेको छ । एपोनका पदाधिकारीहरूको कार्यकाल दुई वर्षको हुने प्रावधान छ ।
प्रतिक्रिया