हिमाल रेमिटेन्स भुक्तानी रावा बैकमार्फत

काठमाडौं । हिमाल रेमिटको रेमिटेन्स भुक्तानी राष्ट्रिय वाणिज्य (रावा) बैंकमार्फत हुने भएको छ । बिश्वका जुनसुकै देशमा रहेका आफन्तले हिमाल रेमिटबाट पठाएको वैदेशिक रेमिटेन्स अब रावा बैंकको ७७ जिल्लामा रहेका २८४ शाखा कार्यालयबाट भुक्तानी हुने भएको छ ।

दूर दराजमा रहेका ग्राहकले पनि यो सुबिधा प्राप्त गर्न सक्नेछन । यसपछि बैंकका ग्राहक तथा अन्य वैदेशिक रेमिटेन्स प्राप्त गर्ने ग्राहकलाई नेपालमा रेमिटेन्स प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ । रावा बैंक र हिमाल रेमिटका लागि प्रिन्सिपल एजेन्ट सि एफ एस रेमिट प्रालिबीच यसअघि भएको सम्झौतापत्रमा बैंकका तर्फबाट विभागीय प्रमुख ऋषि राम ढकाल र प्रिन्सिपल एजेन्ट सि एफ एस रेमिटका प्रमुख कार्यकारी अधिकृत बवि शर्माले हस्ताक्षर गरेका छन् ।
बैंकका हाल ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकामसहित देशैभर रहेका २८४ शाखा कार्यालय, २६९ एटिएम, ९९ वटा शाखा रहित बैंकिग सेवा, ६५ एक्स्टेन्सन काउण्टर, क्युआर कोड सेवा, पिओएस सेवा, ईन्टरनेट बैंकिग, परिष्कृत रुपको मोवाईल बैंकिंग तथा बिना ईन्टरनेट चल्ने युएसएसडि मोवाईल बैंकिंगका सेवाहरु समेत सञ्चालनमा रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया