‘जिगरा’ मा देखिँदै आलिया

मुम्बई । भारतीय चलचित्र निर्माता करण जोहरले चलचित्र ‘जिगरा’ बनाउने भएका छन् । निर्माण पक्षले मंगलबार एक भिडिओ सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरेको हो । चलचित्रमा अभिनेत्री आलिया भट्टको मुख्य भूमिका रहने जनाइएको छ । वसन बालाले निर्देशन गर्ने चलचित्रमा आलियाको अभिनय मात्र नभई निर्माण पनि रहनेछ । उनले करण जोहरको धर्मा प्रोडक्सनसँग मिलेर ‘जिगरा’ निर्माण गर्न लागेकी हुन् ।

करणले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो जिगराको पुनः आगमन । वसन बालाको निर्देशनमा बन्ने असाधारण कहानीमा आलिया देखिने छन् ।’ निर्माण पक्षका अनुसार यो चलचित्र २७ सेप्टेम्बर २०२४ मा प्रदर्शनमा आउने छ । अभिनेत्री आलिया अभिनीत पछिल्लो चलचित्र ‘रानीकी प्रेम कहानी’ प्रदर्शन भएको थियो । यसमा उनीसँगै रणवीर सिंहको मुख्य भूमिका रहेको थियो । यस चलचित्रलाई करणले नै निर्देशन गरेका थिए ।

प्रतिक्रिया